कीवर्डहरू -

कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?

कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको इन्फर्मेसन सिस्टम क्लब (कुसोम आईएससी) ले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न भएको छ । 

जुन १४ देखि १६ सम्म आयोजना भएको ३६ घण्टे ह्याकाथन कुशल र प्रभावकारी बिजनेस सोलुसन थिममा केन्द्रित रहेको थियो । 

कार्यक्रममा नेपालको विभिन्न ठाउँबाट २७ वटा टिमहरूको सहभागीता रहेको थियो । प्रत्येक टिममा चारदेखि पाँचजनाको सहभागीता रहेको थियो । 

आईएम ह्याकाथन क्लबले आयोजना गर्ने आईएस फेयर २०२४ को एउटा भाग हो । नेपालको डिजिटल रूपान्तरणलाई सघाउने गरी ग्रीन प्रविधि, सर्कुलर इकोनोमी, प्रडक्सन इफिसियन्सी, सप्लाई चेन म्यानेजमेन्ट, फाइनान्स लगायतमा देखिएका समस्यालाई समाधान गर्न आईएस फेयर आयोजना हुँदै आएको छ । 

३६ घण्टासम्म निरन्तर सञ्चालन भएको ह्याकाथनमा सहभागी टिमले हरित प्रविधि, गोलाकार अर्थव्यवस्था, प्रभावकारी उत्पादन, आपूर्ति श्रृंखला व्यवस्थापन, वित्त, वाणिज्य र बेरोजगारी जस्ता विषयवस्तुहरू सम्बोधन गर्ने परियोजनाहरू विकास गरेका थिए । 

ह्याकाथनमा रिमोट जीपीएस ट्रयाकिङ डिभाइस बनाउने युनाइटेड टेक क्लबको टिम प्रथम भएको थियो । यस्तै आईओटीमा आधारित टिडी टाउन एप्लिकेसन बनाउने टिम भिरिञ्ची दोस्रो भएको थियो । टिडी टाउन फोहरमैला व्यवस्थापन र ध्वनी प्रदुषण घटाउने प्रविधि हो । 

त्यसैगरी ह्याकाथनमा वृद्धको हेरचाह गर्न सघाउने प्लेटफर्म विकास गर्ने टिम वीरेन्द्र तेस्रो भएको थियो । प्लेटफर्ममा सजिलै हेरचाहकर्ता र मेडिकल प्रोसफेसनल बुकिङ गर्नेदेखि रिपोर्ट, रिक्रियन्सल लगायतका सुविधा थिए । 

ह्याकाथनले नेपाली विद्यार्थीहरूको प्रतिभालाई बाहिर ल्याउन सघाएको आयोजककको भनाइ छ ।