कीवर्डहरू -

नेपाली सेनालाई डिजिटल वित्तीय साक्षरता प्रदान

नेपाली सेनालाई डिजिटल वित्तीय साक्षरता प्रदान

वित्तीय साक्षरतामा काम गरिरहेको कम्पनी वित्तीय सल्लाहले नेपाली सेनाहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ । 

सिटिजन बैक र ए बीसि सेक्यूरेटी सँगको सहकार्यमा जेठ ४ गते वित्तीय सल्लाहले ११५ नेपाली सेनाहरूलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा डिजिटल बैंकिङ, बचत, लगानी, बजेट, सेयर,डिम्याट सम्बन्धमा जानकारी दिइएको थियो । 

वित्तीय सल्लाह, सम्पूर्ण वित्तीय सेवा सुविधा बारेमा जानकारी दिने तथा तुलना गरी सही निर्णय लिन र दिन सघाउने डिजिटल प्लेटफर्म हो ।

यसबाट विभिन्न वित्तीय संस्थाले प्रदान गर्ने बचत खाता, मुद्दति र क्रेडिट कार्ड सेवाको तुलना, छनौट र अप्लाई गर्न सकिन्छ ।