कीवर्डहरू -

क्यान महासंघको आयोजनामा भएको होरिअन बीटूबी समिट २०२४ सुरू

क्यान महासंघको आयोजनामा भएको होरिअन बीटूबी समिट २०२४ सुरू

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ सुरू भएको छ । राजधानीको एभरेस्ट होटलमा सुरू भएको दोस्रो संस्करणको समिट सञ्चार तथा सूचना प्रविधि माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् । 

बीटूबी समिट २०२४ को मुख्य विषयवस्तु “आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य” (Geared towards Networking and Collaboration for ICT Development) रहेको छ । 

बीटूबी समिटमा व्यापारको भविष्य बारे किनोट स्पिच, डिजिटल रूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे छलफल, आर्टिफिसियल इन्टेलिजेन्सको साथै नेपालका लागी विभिन्न कम्पनीका आधिकारिक डिलर र रि सेलरहरु बिच आफ्नो व्यापार प्रवर्धनको अवसर हुनेछ ।  

यसले आयातकर्ता र विक्रेता बिचको ग्याप लाई घटाउने काम  गर्दछ । बिटुबी मार्फत देश भरिको डिलरहरु र व्यावसायीहरु लाई जोडिने काम हुन्छ । समिटमा व्यावसायीहरु, कर्पोरेट हाउस, प्रोफेसनलको अभुतपुर्व जमघट साथै नवीनतम प्रविधिको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । 

nullnull

कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेक लगायत क्षेत्रका १००  भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

उनका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीहरूका लागि आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्रहरू र बजारहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ ।