कीवर्डहरू -

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एआईबाट हुन सक्ने जोखिम पहिचान गर्ने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा एआईबाट हुन सक्ने जोखिम पहिचान गर्ने

नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता (एआई) बाट हुन सक्ने जोखिमहरू पहिचान गर्ने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एआईबाट बैंक तथा वित्तीय संस्थामा हुने जोखिम पहिचान गर्ने भएको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्र / अनुमतिपत्रप्राप्त संस्थामा बढ्‌दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता (Artificial Intelligence) सम्बन्धमा आवश्यक अध्ययन हुने नीतिमा उल्लेख गरिएको छ ।   

साथै यसबाट सृजना हुनसक्ने जोखिमहरु पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न मार्गदर्शन तर्जुमा गरिन अधीकारीले बताए ।