कीवर्डहरू -

जीमेलका यी शर्टकट जसले बनाउने छ तपाईको काम सहज

जीमेलका यी शर्टकट जसले बनाउने छ तपाईको काम सहज

सूचना आदान प्रदान गर्ने एउटा महत्त्वपूर्ण माध्यम बनेको छ, जीमेल । प्रोफेशनल मेल पठाउन, प्राप्त गर्न र औपचारिक कामहरूका लागि यसको प्रयोग हुँदै आएको छ ।

तर के तपाईंलाई थाहा छ, जीमेलले तपाईंका लागि धेरै सर्टकटहरूको विकल्प उपलब्ध गराएको छ जसले धेरै कामहरू सजिलो बनाइदिन्छ ।

म्यानुअली गर्नमा धेरै समय लाग्न सक्ने कामलाई जीमेल शर्टकटले सजिलो र छिटो गर्ने गर्दछ । यस्तो अवस्थामा यी सर्टकटहरूले तपाईंको समय बचाउन मद्दत गर्छन् । आज हामी तपाईंलाई जीमेलका केही शर्टकर्ट बारे जानकारी दिदैछौं । 

कसरी प्रयोग गर्ने सर्टकटहरू?

सबैभन्दा पहिले आफ्नो जीमेलमा लग इन गर्नुहोस् । अब विन्डोको सबैभन्दा माथिल्लो दायाँ कुनामा सेटिंग गियर आइकन खोज्नुहोस् ।

त्यसपछि शी अल सेटिंग छान्नुहोस् र कीबोर्ड सर्टकट सेक्सनसम्म स्क्रोल गर्नुहोस् । यहाँ कीबर्ड सर्टकट बन विकल्पका लागि टगल अन गर्नुहोस् । त्यसपछि तल स्क्रोल गरी सेभ चेन्जेजमा क्लिक गर्नुहोस् ।

अब तपाईं सजिलै सर्टकटहरूको प्रयोग गर्न सक्नुहुन्छ ।

यी हुन् जीमेलका केही विशेष सर्टकट

मेल लेख्ने सर्टकट

यदि तपाईं कुनै मेल कम्पोज गर्न चाहनुहुन्छ भने तपाईं जीमेलमा 'सी' प्रेस गर्न सक्नुहुन्छ । यसले एउटा नयाँ इमेल विन्डो खोल्छ ।

मेल पठाउने सर्टकट

यदि तपाईं कुनै मेल फर्वार्ड गर्न चाहनुहुन्छ भने इमेल भित्रै एफ कीको प्रयोग गर्नुहोस् ।

इमेल आर्काइभ

यदि तपाईं मेललाई आर्काइभ गर्न चाहनुहुन्छ भने यसको लागि ई की थिचेर गर्न सक्नुहुन्छ र तिनीहरूलाई आफ्नो इनबक्सबाट हटाउन सक्नुहुन्छ ।

इमेल लेबल सर्टकट

​​​​​​​यदि तपाईं इमेललाई लेबल गर्न चाहनुहुन्छ भने यसको लागि तपाईंले केवल एल थिच्नुपर्छ । यसका अतिरिक्त, तपाईंले भि थिचेर यसलाई ट्रान्सफर र लेबल गर्न सक्नुहुन्छ ।