कीवर्डहरू -

एक महिनामै करिब ९१ हजारले घटे आईएसपीका ग्राहक

एक महिनामै करिब ९१ हजारले घटे आईएसपीका ग्राहक

एक महिनामै करिब ९१ हजारले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटका ग्राहक घटेका छन् । २०८१ जेठको तुलनामा २०८१ असारमा इन्टरनेट सेवा प्रदायक (आईएसपी) का ग्राहक ९० हजार ७९९ ले घटेका हुन् । 

नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदन अनुसार जेठ २०८१ को मा २९ लाख ८ हजार ३०८ रहेका फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटका ग्राहक थिए । 

तर २०८१ असारसम्म आउँदा एक महिनाको अवधिमै ९० हजार ७९९ ग्राहक घटेर फिक्स्ड ब्रोडब्याण्डको ग्राहक संख्या २८ लाख १७ हजार ५०९ मा आइपुगेको छ । 

यस अवधिमा वर्ल्डलिंक, डिशहोम नेपाल टेलिकम लगायतका ग्राहक बढेका छन् भने क्लासिक टेक, सुबिसु लगायत सेवा प्रदायकका ग्राहक घटेका छन् । १ महिनामा डिशहोमका ७ हजार ४६८, वर्ल्डलिंकका ६ हजार ४३७ र नेपाल टेलिकमका १ हजार ३१७ बढेका छन् । 

सबैभन्दा बढी एक महिनाको अवधिमा क्लासिक टेकले ग्राहक गुमाएको छ । गत जेठमा क्लासिक टेकका ३ लाख ८ हजार ८५५ ग्राहक रहेकोमा असारसम्म आउँदा १ लाख ६३ हजार १६० मा झरेका छन् । 

त्यसैगरी अर्को आईएसपी सुबिसुले पनि ग्राहक संख्या गुमाएको छ । जेठमा २ लाख ९७ हजार ३१२ रहेकोमा असारमा आउँदा सुबिसुका ग्राहक २ लाख ५० हजार ३१३ रहेका छन् । 

गत जेठको तुलनामा असारमा करिब ९१ हजार ग्राहक घटेका छन्, जसमध्ये केही आईएसपीले गुमाएका छन् भने केही आईएसपीले बढाएका छन् । 

२०८१ जेठ महिनाको तथ्यांक, स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण


२०८१ असार महिनाको तथ्यांक, स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण