कीवर्डहरू -

इन्ड्राइभका क्षेत्रीय निर्देशक टली भन्छन्: प्रयोगकर्तामाथि हुने कुनै पनि दुर्व्यवहार सैह्य हुँदैन्

इन्ड्राइभका क्षेत्रीय निर्देशक टली भन्छन्: प्रयोगकर्तामाथि हुने कुनै पनि दुर्व्यवहार सैह्य हुँदैन्

इनड्राइभका एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक मार्क टलीले इन्ड्राइभका प्रयोगकर्तामाथि गरिने कुनै पनि दुर्व्यवहार सैह्य नहुने बताएका छन् ।

केही दिन अगाडि यात्रुलाई इन्ड्राइभका राइडरले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि क्षेत्रीय निर्देशक मार्क टलीले कुनै पनि दुर्व्यवहार वा गैरकानुनी कार्य इन्ड्राइभलाई सैह्य नहुने बताएका हुन् ।

‘सेवाग्राहीहरूमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य वा दुर्व्यवहारपूर्ण कार्यको कडा रूपमा निन्दा गर्दछु,’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यस्ता कार्यप्रति इन्ड्राइभले जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ । हालै भएको घटनाप्रति हामी दुख व्यक्त गर्दछौं ।’

सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको बताउँदै टलीले हालै सेवाग्राहीले भोग्नुपरेको दुःखद घटनाप्रति क्षमासमेत मागेका छन् । 

यात्रुलाई सुरक्षित यात्रा गराउन इन्ड्राइभले सुरक्षाका लागि केही सुविधाहरूको व्यवस्था गरेको छ । एपमा भएको सेफ्टी बटनले तुरुन्तै सहयोगको लागि सपोर्टमा टिम सम्पर्क गर्न, प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न सहयोग पुर्याउने कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार सुरक्षाका लागि व्यवस्था गरिएको सेयर योर राईड फिचरमार्फत प्रयोगकर्ताहरूले वास्तविक–समयमा यात्रा स्थितिको लागि साथीहरू वा परिवारसँग आफ्नो सवारी विवरणहरू साझा गर्न सक्ने छन् । साथै प्रयोगकर्ताहरूले प्रत्येक यात्रा पछि चालक वा यात्रुको मूल्याङ्कन गर्न प्रोत्साहित गर्न सक्ने छन् ।