कीवर्डहरू -

के हो आइफोनको ‘आई’ को अर्थ? इन्टरनेटदेखि इन्स्पिरेशनसम्म ‘आई’ को यात्रा

के हो आइफोनको ‘आई’ को अर्थ? इन्टरनेटदेखि इन्स्पिरेशनसम्म ‘आई’ को यात्रा

पछिल्लो केही समययता एन्ड्रोइड फोनको तुलनामा मानिसहरूले एप्पलको आइफोन बढी मन पराउन थालेका छन् । विशेषगरी युवाहरूबीच यसको क्रेज अत्यधिक देखिएको छ । तर के तपाईंको मनमा कहिल्यै यस्तो प्रश्न आएको छ कि आइफोनमा प्रयोग गरिएको सानो अक्षर ’आई’ को वास्तवमा अर्थ के हो? के यो केवल डिजाइनको लागि प्रयोग गरिएको एउटा एलिमेन्ट मात्र हो? वा यसको पछाडि कुनै गहिरो र ऐतिहासिक अर्थ लुकेको छ? आज हामी यही विषयमा विस्तृत रूपमा जान्ने प्रयास गर्छौं ।

'आई’ को सुरुवात कहिले र कसरी भयो?

वास्तवमा, एप्पलका सह–संस्थापक स्टिभ जब्सले पहिलो पटक ’आई’ शब्दको प्रयोग सन् १९९८ मा आइम्याकको लन्चको समयमा गरेका थिए । त्यो समय इन्टरनेट तीव्र गतिमा फैलिरहेको थियो र स्टिभ जब्सले ‘आई’ को अर्थ ’इन्टरनेट’ भएको बताए । उल्लेखनीय कुरा के छ भने आइम्याक विशेष रूपमा इन्टरनेटको प्रयोगलाई सजिलो बनाउन डिजाइन गरिएको थियो ।

स्टिभ जब्सले मञ्चमा यो पनि स्पष्ट पारेका थिए कि ’आई’ को अर्थ केवल इन्टरनेट मात्र होइन । यसको अरू पनि धेरै गहिरा अर्थ छन्, जुन एप्पलको भिजन र प्रोडक्ट फिलोसफी सँग सम्बन्धित छन् :​​

इन्डिभिजुअल : यो डिभाइस हरेक व्यक्तिको व्यक्तिगत प्रयोगका लागि बनाइएको हो, जसले उनीहरूलाई आवश्यकताअनुसार टेक्नोलोजी उपलब्ध गराउँछ ।

इन्स्ट्रक्ट : एप्पल सुरु देखि नै यस्ता प्रोडक्टहरू बनाउने लक्ष्यमा थियो जसले युजरहरूलाई केही नयाँ सिक्न सहयोग गरोस् ।

इन्फर्म: एप्पलको उद्देश्य आफ्ना डिभाइसहरू मार्फत युजरहरूलाई महत्वपूर्ण जानकारीसम्म सजिलै पहुँच दिलाउनु हो ।

इन्स्पायर : यति मात्र होइन, एप्पलका प्रोडक्टहरूको उद्देश्य युजरहरूलाई क्रिएटिभ बन्न र इनोभेटिभ सोचतर्फ प्रेरित गर्नु पनि हो ।

जानकारीका लागि, आइफोनको २०औं वार्षिकोत्सव नजिकिँदै छ । यस विशेष अवसरमा एप्पलले आफ्ना करोडौं फ्यानहरूलाई ठूलो सप्र्राइज दिन सक्छ । सम्भवतः यही समयमा कम्पनीले आफ्नो पहिलो फोल्डेबल आइफोन सार्वजनिक गर्न सक्छ । साथै, कम्पनीले स्मार्ट चस्मा, नयाँ एप्पल वाच र इअरबड्स पनि प्रस्तुत गर्ने सम्भावना छ ।