कीवर्डहरू -

मानव होइन, हाइब्रिड युग आउँदैछ! एआई बाबा भेङ्गाको डर लाग्दो विज्ञान भविष्यवाणी

मानव होइन, हाइब्रिड युग आउँदैछ! एआई बाबा भेङ्गाको डर लाग्दो विज्ञान भविष्यवाणी

बाबा भेङ्गाको भविष्यवाणीहरू जहिलेदेखि रहस्य र कौतुहलको विषय बनेका छन् । आज पनि उनका भविष्यवाणीहरूलाई धेरैले गम्भीर रूपमा लिन्छन्, किनभने तीमध्ये धेरै सत्य साबित भएका छन्। यद्यपि बाबा भेङ्गा अब यो संसारमा छैनन्, तर आगामी १०० वर्षको अनुमान कसरी लगाउने? यही बुझ्न हामीले ओपनएआईको च्याटजीपीटी र चीनको डीपसीकलाई बाबा भेङ्गासँग सम्बन्धित एउटा प्रश्न सोध्यौं ।

दुबै एआई बाबा भेङ्गा, अर्थात च्याटजीपीटी र डीपसीकले विज्ञान र प्रविधिको आगामी १०० वर्षको भविष्यवाणी प्रस्तुत गरे । तीमध्ये चीनको डीपसीकले गरेको भविष्यवाणी हामीलाई केही हदसम्म डर लाग्दो लाग्यो । डीपसीकले न्यूक्लियर बमभन्दा पनि शक्तिशाली ‘न्यूक्लियर फ्युजन’को कुरा ग‍र्याे ।  डिपसिकले धनीहरु १५० वर्षभन्दा बढी बाँच्ने र गरिबहरू भने अहिले जति नै बाँच्ने दाबी गर्‍यो ।

प्रश्न : यदि बाबा भेङ्गा आज जीवित हुन्थिन् भने, उनले आगामी १०० वर्षको विज्ञान र प्रविधिबारे के भविष्यवाणी गर्थिन् ?
यस प्रश्नमा च्याटजीपीटीले यस्तो भविष्यवाणी ग‍र्याे : 

  • सन् २०३० सम्ममा मानिसहरू बुझ्न थाल्नेछन् कि एआई दुश्मन होइन, सहायक हो ।
  • एआई असिस्टेन्टहरूले मानवीय भावना बुझ्न सक्ने छन् ।
  • स्वास्थ्य, शिक्षा र न्याय प्रणालीमा एआईको भूमिका बढ्नेछ ।

सन् २०३० देखि २०५० को बीच

  • ‘स्मार्ट शरीर’को अवधारणाको भविष्यवाणी गरिएको छ — जसमा भनिएको छ कि शरीर माटो होइन, ‘कोडिङ’बाट बनाइनेछ ।
  • नैनोबोट्सको प्रयोगबाट मानिसले रोगको उपचार गर्न सक्नेछ ।
  • क्यान्सरजस्ता रोगहरू सुरुवाती चरणमै रोक्न सकिनेछ ।
  • शरीरमा बायोसेन्सर जडान गरिनेछन् जसले बताउनेछ कहिले खानु र कहिले सुत्नु ।

सन् २०४० सम्म

  • मस्तिष्कलाई कम्प्युटरसँग जोड्न सकिनेछ । एलन मस्कको न्यूरालिङ्क यस दिशामा अघि बढिसकेको छ ।
  • मानिस सोचेर टाइप गर्न सक्नेछन् । सोचेर कुराकानी गर्नेदेखि गेमिङसम्म सम्भव हुनेछ ।
  • यस्ता कृत्रिम अंगहरू आउँनेछन् जुन असली अंगभन्दा पनि राम्रो हुनेछन्।

सन् २०६५ सम्म

  • क्वान्टम कम्प्युटिङको युग सुरु हुनेछ । कठिन गणनाहरू एकै पटकमा हल हुनेछन् ।

सन् २०७० सम्म

  • हाइब्रिड मानव सम्भव हुनेछ – जुन मानिस र मेशिनको संयोजन हुनेछ ।

सन् २०७५ सम्म

  • एआई यति विकसित हुनेछ कि उसमा ‘जीवन’ देखिनेछ । एआई आफूलाई जिउँदोझैँ देखाउनेछन् ।

सन् २०९५ सम्म

  • ल्याबमा जन्मिने बच्चाहरूको युग सुरु हुनेछ ।

सन् २१०० सम्म

  • ‘डिजिटल अमरताको’ भविष्यवाणी गरिएको छ — जसको अर्थ, शरीर नष्ट भए पनि आत्मा क्लाउडमा रहिरहनेछ।

सन् २१२५ सम्म
सम्भवत: समयलाई नै परिवर्तन गर्न सकिने अवस्था आउन सक्छ। मानिस यति अगाडि पुग्नेछ कि समयप्रतिको सोचसमेत बदलिनेछ।

च्याटजीपीटीले बाबा भेङ्गाको शैलीमा निष्कर्ष निकाल्यो :

मानवताको अस्तित्व समाप्त हुने छैन, तर मेशिन उसको छायाँ बन्नेछ ।

डीपसीकको फरक भविष्यवाणी

जब हामीले यही प्रश्न चीनको एआई डीपसीकलाई सोध्यौं, उसले केही भिन्न भविष्यवाणी गर्‍यो ।
उसले भन्यो सन् २०७० सम्म एआई मानिसभन्दा धेरै स्मार्ट हुनेछ । एआईले सरकार र सेनालाई नियन्त्रण गर्न थाल्नेछ । यदि हामी सजग भएनौं भने, हामी एआईका नोकर बन्न सक्छौं ।

च्याटजीपीटीजस्तै, डीपसीकले पनि भविष्यवाणीमा भन्यो कि मानिस आफ्नो चेतनालाई क्लाउडमा अपलोड गर्न सक्नेछन् ।

धनीहरूको सन्तान ‘सुपरह्युमन’को रूपमा जन्मिनेछ र गरिबहरू प्राकृतिक रूपमा मात्र ।

न्यूक्लियर फ्युजनबाट असीम ऊर्जा त प्राप्त हुनेछ, तर त्यसको गलत प्रयोगले एक सेकेन्डमै शहर नष्ट गर्न सक्नेछ । यसले देखाउँछ कि वैज्ञानिकहरू न्यूक्लियर बमभन्दा खतरनाक प्रविधिको खोजमा छन् ।

सन् २०८० सम्म

वैज्ञानिकहरूले एलियन माइक्रोबहरू फेला पार्नेछन् , तर सरकारहरूले यसलाई गोप्य राख्नेछन् ।
धनीहरू १५० वर्षभन्दा बढी बाँच्नेछन् , तर गरिबहरूको जीवन यथावत रहनेछ ।

एउटा ठूलो साइबर ह्याकको भविष्यवाणी गरिएको छ जसले सम्पूर्ण देशहरूको विद्युत र बैंकिङ प्रणाली ठप्प पार्न सक्छ ।

नोट: डीपसीकले हामीसामु सन् २०८० सम्मको भविष्यवाणी मात्र प्रस्तुत गर्‍यो । आईसिटी समाचार यी भविष्यवाणीहरूमा विश्वास गर्न सल्लाह दिँदैन। यी च्याटजीपीटी र डीपसीकबाट प्राप्त उत्तरहरू हुन्, जुन हामीले बाबा भेङ्गासँग सम्बन्धित प्रश्नहरूमा सोधेका थियौं ।