कीवर्डहरू -

खल्तीले सुरू गर्‍यो स्मार्ट डिपोजिट सेवा, १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने

खल्तीले सुरू गर्‍यो स्मार्ट डिपोजिट सेवा,  १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने

डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्यमा खल्ती स्मार्ट डिपोजिट सेवा सुरू गरेको हो । 

अब खल्ती प्रयोगकर्ताले एपबाटै नियमित रूपमा १०० रूपैयाँबाट आफ्नो बचत यात्रा सुरू गर्न सक्ने छन् । खल्तीको फाइनान्सियल सर्भिसेस सेक्सनमा गएर स्मार्ट डिपोजिटमा क्लिक गर्न सक्नेछन् । 

त्यसपछि राष्ट्रिय परिचयपत्र नम्बर राखेर १०० देखि ५ हजार रूपैयाँसम्म दैनिक, साप्ताहिक वा मासिक रूपमा डिपोजिट गर्न सक्ने छन् । डिपोजिटको समय ६ महिनादेखि ५ वर्षसम्म राख्न सकिने छ ।