माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा केही दिनपछि प्रकाशन हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि एसईईको नतिजा हेर्ने सकिने माध्यमहरू सूची सार्वजनिक गरेको छ ।
गत वर्षहरूमा जस्तै यस वर्ष पनि नतिजा प्रकाशित भएपछि एसएमएस, आईभीआर र वेबसाइटबाट नतिजा थाहा पाउन सकिने छ ।
‘राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण SMS, IVR र Website बाट प्रकाशित गर्न देहायबमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएकाले सो Shortcode र Website बाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ परीक्षा बोर्डको सूचनामा भनिएको छ ।