कीवर्डहरू -

औपचारिक रूपमा नेपाल प्रवेश गर्‍यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक

औपचारिक रूपमा नेपाल प्रवेश गर्‍यो बोट, निर्भाना सिरिज पनि सार्वजनिक

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि औपचारिक रूपमा  पहिलो पटक नेपाल प्रवेश गरेको हो । 

बोटले यसै अवसरमा भारतमा अत्याधिक रूचाइएको प्रडक्ट ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक पनि गरेको  छ । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल बोटले आगामी दिनमा नयाँ नयाँ प्रडक्ट ल्याउने जानकारी दिएको छ ।  

कार्यक्रमा बोटका सह-संस्थापक तथा शार्ट ट्यांक इन्डियाका शार्क अमन गुप्ताको समेत उपस्थिति रहेको थियो । उनले कार्यक्रममा बोल्दै नेपालबाट बोटल अन्तर्राष्ट्रिय रूपमा प्रवेश गरेको जानकारी दिएका थिए ।  

यस्तै टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउने जानकारी दिए ।