एशियाली उबुन्टु समुदायलाई एकसाथ जोड्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन ‘उबु–कन एसिया’ २०२५ नेपालमा आयोजना हुने भएको छ ।
अगस्ट ३० र ३१ तारिखमा पाँचौं संस्करणको ‘उबु–कन एसिया २०२५’ काठमाडौंको सेन्ट जेभियर्स कलेजमा आयोजना हुनेछ ।
हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा उबुन्टु र फ्री एण्ड ओपन सोर्स सफ्टवेयरमा रूची राख्ने व्यक्तिहरू, इन्जिनियर, सिर्जनाकर्ता, अनुसन्धानकर्ता, उद्यमी तथा योगदानकर्ता सहभागी हुनेछन् ।
दुई दिनसम्म चल्ने यस सम्मेलनमा विभिन्न प्राविधिक सत्र, छलफल, अनुभव आदान–प्रदान तथा नेटवर्किङका अवसरहरू उपलब्ध हुनेछ ।
उक्त सम्मेलनमार्फत एशियाभरका उबुन्टु प्रयोगकर्ता तथा योगदानकर्ताबीच आपसी सहकार्य, सिकाइ र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा देश तथा विदेशबाट विभिन्न वक्ताहरूको उपस्थिति रहने छ । यदी तपाईको कार्यक्रममा सहभागी हुन वा यस बारे थप जानकारी लिन चाहनुहुन्छ यहाँ क्लिक गर्न सक्नुहुनेछ ।