फ्युजमसिन्स एआई स्टुडियो र एआई इन्जिन्स वितरणका लागि फ्युजमेसिन्स इंक र जेनस सोलुसनबीच सहकार्य भएको छ ।
यो साझेदारी फ्युजमसिन्सको ग्लोबल रिसेलर नेटवर्क विस्तारको हिस्सा हो, जसअन्तर्गत जेनेस सोलुसनले फ्युजमेसिन्सका एआई समाधानहरू विश्वभरका ग्राहक र व्यवसायहरूलाई उपलब्ध गराउनेछ ।
फ्यूजमसिन्स एआई स्टुडियो र एआई इन्जिन्स प्लेटफर्मले खुद्रा व्यापार, रियल इस्टेट, खाद्य तथा पेयजस्ता क्षेत्रमा कार्यरत ठूला उद्यमहरूलाई उपयोगी र अत्यन्त सटीक एआई समाधान प्रदान गर्छ ।
जेनेसको क्षेत्रगत विशेषज्ञतालाई उपयोग गर्दै व्यवसायहरूलाई एआई प्रयोगमार्फत नवप्रवर्तन र वृद्धिको नयाँ अवसर सिर्जना गर्न सहयोग गर्ने फ्यूजमसिन्सका हेड अफ टेक्नोलोजी अनिश जोशीले बताए ।
फ्यूजमसिन्स एआई स्टुडियो प्लेटफर्मले फ्रड डिटेक्शन, इन्फर्मेशन एक्स्ट्र्याक्शन, र फोरकास्टिङ जस्ता तयार इन्जिनमार्फत कम्पनीहरूलाई छिटो र सजिलै एआई अपनाउन सक्षम बनाउँछ ।
यसले विभिन्न उपकरणहरूसँग सहज रूपमा एकीकृत भएर लागत घटाउने, निर्णय प्रक्रियालाई तीव्र पार्ने र कार्यक्षमता अभिवृद्धि गर्ने काम गर्छ ।
जेनेस सोलुसनका सीईओ अञ्जनीकुमार फुयालले फ्यूजमेसिन्ससँगको सहकार्य हाम्रो डिजिटल ट्रान्सफर्मेसन र एआई प्रवर्द्धनको यात्रामा महत्वपूर्ण उपलब्धि भएको बताए ।
‘एआई स्टुडियोले व्यवसायहरूलाई आफ्नै प्रणालीभित्र एआई एकीकृत गर्न, डेटा-आधारित निर्णय लिन र नवप्रवर्तनलाई दिगो रूपमा विस्तार गर्न सक्षम बनाउने छ,’ उनले भने ।
यो सहकार्यले फ्यूजमसिन्सको अथराइज्ड रिसेलर मोडललाई सुदृढ बनाउँदै नयाँ बजार र ग्राहक समूहसम्म एआई स्टुडियो र एआई इन्जिन्सको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार, यसले एआई प्रविधिको पहुँचलाई अझ समावेशी र प्रभावकारी बनाउने दिशानिर्देश गर्नेछ ।
आईसीटी समाचार