कीवर्डहरू -

ट्यालेन्ट कनेक्ट्सलाई डेटा सुरक्षामा महत्वपूर्ण उपलब्धि, पायो आईएसओ प्रमाणपत्र

ट्यालेन्ट कनेक्ट्सलाई डेटा सुरक्षामा महत्वपूर्ण उपलब्धि, पायो आईएसओ प्रमाणपत्र

ट्यालेन्ट कनेक्ट्सले सूचना सुरक्षाका लागि विश्वमै सर्वाधिक मान्यता प्राप्त मानक ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ। यो प्रमाणपत्रले डेटा सुरक्षा, अनुपालन र सुशासनप्रति प्रतिबद्धता झनै मजबुत बनाएको छ।

ISO/IEC 27001:2022 एक अन्तर्राष्ट्रिय मानक हो जसले सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) स्थापना, कार्यान्वयन र निरन्तर सुधारका लागि आवश्यक सर्वोत्तम अभ्यासहरू निर्धारण गर्छ । यसले संस्थालाई सूचना सुरक्षासम्बन्धी जोखिम पहिचान र नियन्त्रण, द्रुढ सुरक्षा उपायको कार्यान्वयन, निरन्तर अनुगमन र विश्वव्यापी गोपनीयता तथा सुरक्षासम्बन्धी कानुनी आवश्यकतामा अनुपालन गर्न सहयोग गर्छ। 

ट्यालेन्ट कनेक्ट्सले यो प्रमाणपत्र प्राप्त गर्न कडा बाह्य अडिट प्रक्रिया पूरा गरेको कम्पनीले जनाएको छ, जसले यसको प्रणाली, प्रक्रिया तथा प्रविधि विश्वस्त रूपमा सुरक्षित रहेको प्रमाणित गर्छ।

प्रमाणपत्र प्राप्तिले ग्राहकविश्वास वृद्धि, साइबर आक्रमणविरुद्ध मजबुत सुरक्षा, अन्तर्राष्ट्रिय कानुनी र सुरक्षा मापदण्डमा अनुपालन तथा व्यवस्थित आन्तरिक प्रक्रिया जस्ता महत्वपूर्ण पक्षमा ट्यालेन्ट कनेक्ट्सलाई अझ सुदृढ बनाएको छ। 

ISO/IEC 27001:2022 प्रमाणिकरणसँगै ट्यालेन्ट कनेक्ट्सले एटीएस, एचआरआईएस, पे–रोल, प्रदर्शन व्यवस्थापन तथा रिक्रुट अटोमेसनजस्ता सबै सेवामा उत्कृष्टता र डेटा सुरक्षाप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ।