कीवर्डहरू -

एनथ्रोपिकमा १५ अर्बडलरसम्म लगानी गर्दै माइक्रोसफ्ट र एनभिडिया

एनथ्रोपिकमा १५ अर्बडलरसम्म लगानी गर्दै माइक्रोसफ्ट र एनभिडिया

ओपनएआईसँगको पुनर्गठित सम्झौतापछि माइक्रोसफ्टले एआई क्षेत्रमा आफ्नो लगानी विविधीकरण गर्दै एनथ्रोपिकमा १० अर्ब डलरसम्म लगानी गर्ने घोषणा गरेको छ। 

यसैबीच, क्लाउड एआई विकासकर्ता एनथ्रोपिकमा एनभिडियाले पनि ५ अर्ब डलरसम्मको लगानी प्रतिवद्धता जनाएको छ। यस तीन–तर्फी साझेदारीलाई एआई बजारमा देखिएको सम्भावित बबल फुट्ने संकेतको रूपमा पनि हेरिएको छ।

सम्झौता अनुसार, एनथ्रोपिकले माइक्रोसफ्ट अजुर क्लाउड कम्प्युटिङ सेवाका लागि ३० अर्ब डलरसम्मको क्षमता किन्दैछ। कम्पनीले थप रूपमा एक गिगावाटसम्मको क्षमता किन्न सक्ने विकल्प पनि राखेको छ। 

यससँगै, माइक्रोसफ्ट फाउन्ड्रीका ग्राहकहरूले क्लाउडका प्रमुख मोडलहरू—Sonnet 4.5, Opus 4.1, र Haiku 4.5—को पहुँच पाउनेछन्।

यता, एनभिडिया र एनथ्रोपिकले एनभिडियाको हार्डवेयरमा एनथ्रोपिकका एआई मोडलहरू अनुकूल बनाउन संयुक्त रूपमा काम गर्ने भएका छन्। साथै, एनभिडियाका भविष्यका चिप आर्किटेक्चरहरूलाई पनि एनथ्रोपिकका आवश्यकता अनुसार अनुकूलन गर्ने लक्ष्य राखिएको छ।

यी सबै घटनाक्रम बीच माइक्रोसफ्ट–ओपनएआई साझेदारी पनि नयाँ अवस्थामा प्रवेश गरेको छ, जसमा दुवैबीचको पूर्व–एकाधिकार खुकुलो बनाइएको छ। यसको तत्काल प्रभाव पनि देखिन थालिसकेको छ—यो महिनाको सुरुमा ओपनएआईले अमेजनसँग ३८ अर्ब डलरको क्लाउड सम्झौता गरेको थियो। पछिल्लो सातामा भने एनथ्रोपिकले अमेजनबाट थप ४ अर्ब डलरको लगानी पाएपछि एडब्लुएसका एआई चिपहरू प्रयोग गर्ने घोषणा गरेको थियो । 

यी सबै क्रस–लगानी र साझेदारीहरूलाई कतिपयले ‘दुई स्पाइडरम्यान’ मिमसँग तुलना गरिरहेका छन्—जहाँ सबै पात्रहरू एक–अर्कातर्फ औँला उठाइरहेका हुन्छन्। तर एआई उद्योगमा, ती औँलाहरू अर्बौँ डलर फ्याँकिरहेका छन् । 

यसको अन्तिम नतिजा के आउँछ भन्ने भन्‍न सकिदैन्, तर वर्तमान परिदृश्यले धेरैलाई एआई बजार सम्भावित बबलबाट गुज्रिरहेको जस्तो देखाएको छ।