कीवर्डहरू -

च्याटजीपीटीका कमजोर उत्तर हटाउने उपाय: एआई विशेषज्ञले बनाएको ‘मास्टर प्रम्प्ट’ भाइरल

च्याटजीपीटीका कमजोर उत्तर हटाउने उपाय: एआई विशेषज्ञले बनाएको ‘मास्टर प्रम्प्ट’ भाइरल

कहिलेकाहीँ हामी च्याटजीपीटीसँग कुनै प्रश्नको विस्तृत जानकारी चाहन्छौँ, तर पाउनु हुने जवाफ धेरै छोटो र अधुरो हुन्छ। कहिले काँही जवाफको टोन पनि चाहेजस्तो हुँदैन।

यस्तो अवस्थामा जवाफ सुधार गर्न बारम्बार कमान्ड दिनुपर्ने हुन्छ, जुन निकै थकाउने काम हो। यही समस्याको समाधान टाम्स गाइडका एआई सम्पादक अलेक्स ह्युजले निकालेका छन्, जसले च्याटजीपीटीबाटै एउटा यस्तो मास्टर प्रम्प्ट बनाएका छन्, जो हरेक प्रकारका क्वेरीमा उत्कृष्ट उत्तर दिन सक्षम छ।

अलेक्स ह्युज दैनिक रूपमा अनुसन्धान, तथ्य-जाँच, व्याकरण जाँच र लेखनका लागि च्याटजीपीटी प्रयोग गर्छन्। तर प्रायः उनलाई लामो र विस्तारपूर्वक व्याख्या चाहिने हुनाले विस्तृत प्रम्प्ट लेख्नुपर्थ्यो। त्यो समय लाग्ने र झन्झटिलो हुनथ्यो। त्यसैलाई सहज बनाउन उनले एउटा यस्तो प्रम्प्ट तयार पारे, जुन हरेक अवस्थामा प्रयोग गर्न मिल्छ। यसमा प्रयोगकर्ताले केवल आफ्नो प्रश्न बदल्ने हो, बाँकी प्रम्प्ट उही रहन्छ।

यो मास्टर प्रॉम्प्ट एउटा टेम्पलेट हो। प्रयोगकर्ताले आफ्नो आवश्यक विवरण भर्नुपर्छ र बाँकी काम च्याटजीपीटी आफैं गर्छ। यो लामो भए पनि अत्यन्तै शक्तिशाली छ र क्वेरीलाई सही दिशामा अघि बढाउँछ।

यसमा तपाईँले एआईलाई कुन भूमिकामा राख्ने हो; जस्तै शिक्षक, पत्रकार वा कुनै विशेषज्ञ, त्यो बताउनुपर्छ। त्यसपछि लक्ष्य, दर्शक, विषय र नियमहरू लेखिन्छ।

च्याटजीपीटीबाट कस्तो प्रकारको सामग्री चाहिन्छ, आर्टिकल, आइडिया वा रिसर्च त्यसको ढाँचा पनि भन्नुपर्छ। आउटपुटको फर्मेट, लम्बाइ, र आवश्यक अतिरिक्त जानकारी पनि यसमै निर्धारण गरिन्छ।

अलेक्सले दिएको नमूनामा कफी बनाउन सिकाउने उद्देश्य राखिएको थियो। प्रयोगकर्ताले यस संरचनामा आफ्नो विवरण भरेपछि च्याटजीपीटीले तुरुन्तै स्पष्ट, सजिलो र व्यवस्थित उत्तर दिन्छ।

YOU ARE: A helpful teacher.
OBJECTIVE
Goal: Explain how to make coffee in 5 easy steps
Audience: Above 18 years
Topic: Making coffee at home
Constraints: Use very simple words, 5 steps only
Teach: Explain about making process
Format: Numbered steps
Length: Brief
Include: What ingredients you need

WORKFLOW

  1. Write the answer.

  2. Check it is simple.

  3. Give 1 extra tip.

यो टेम्पलेट कुनै पनि विषयको रिपोर्ट, लेख, व्याख्या, रेसिपी, अनुसन्धान वा तथ्य-जाँच गर्न उपयोगी साबित हुन्छ। केवल यस प्रॉम्प्टलाई कपी-पेस्ट गरेर प्रयोग गर्न सकिन्छ। अलेक्सले यसलाई च्याटजीपीटीको "थिंकिंग मोड" मा टेस्ट गरेका थिए, जहाँ एआईले इन्टरनेट खोज, तथ्य-जाँच र स्रोतसहित पूरै रिपोर्ट एकैचोटि तयार गरिदियो।