एएसपी डटनेट कम्युनिटी नेपालको आयोजनामा आगामी मंसिर २० गते शनिबार काठमाडौंमा ‘डटनेट कन्फेरेन्स २०२५’ हुने भएको छ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मैतीदेवीस्थित सनवे कलेज काठमाडौंमा आयोजना हुने कन्फेरेन्समा देशभरका डटनेट डेभलपरहरूको जमघट हुनेछ।
कन्फेरेन्समा डटनेट १०, एसक्युएल सर्भर, एआई एजेन्ट, मोडर्न क्लिन आर्किटेक्चर, रिभर्स प्रोक्सी लगायतका विषयमा उद्योगका विज्ञहरूले प्रस्तुति दिनेछन्। वक्ता रूपमा एएसपी डटनेट कम्युनिटी नेपालका संस्थापक आलोक कुमार पाण्डे, इन्जिनियरिङ तथा परियोजना व्यवस्थापन परामर्शदाता देव राज गौतम, युरेका सिस्टमका टिम लिड निर्देश प्रधान, माइक्रोसफ्ट मोस्ट भ्यालुएबल प्रोफेसनल प्रशान्त धेउवाजु, भिभासफ्टका टेक लिड रिज्वान अन्सारी र एसक्युएल हेल्प्सका संस्थापक तथा निर्देशक श्री खनाल रहनेछन्।
कन्फेरेन्समा निःशुल्क सहभागी हुन सकिने भए पनि अनलाइन दर्ता अनिवार्य गरिएको आयोजकले जनाएको छ। आफ्नो नाम दर्ता गराउन यहाँ क्लिक गर्नुहोस् ।

आईसीटी समाचार