सामसङले नेपालमा आफ्नो नयाँ ट्याब्लेट ग्यालेक्सी ट्याब ए ११ प्लस सार्वजनिक गरेको छ । विद्यार्थी, परिवार र दैनिक प्रयोगकर्ताका लागि डिजाइन गरिएको यस ट्याब्लेटले स्मार्ट एआई फिचर, सहज प्रदर्शन र प्रिमियम डिजाइनको संयोजन रहेको छ ।
अपग्रेडेड डिस्प्ले, क्वाड स्पिकर, बलियो मल्टिटास्किङ क्षमता र लामो समयसम्मको सफ्टवेयर समर्थनसहित ग्यालेक्सी ट्याब ए ११ प्लस प्रयोगकर्तालाई उन्नत अनुभव प्रदान गर्ने कम्पनीको दावी छ ।
यस ट्याब्लेटमा सिल्भर र ग्रे रंगमा उपलब्ध ११–इन्चको इमर्सिभ डिस्प्ले छ भने डल्बी एटमोस फिचर पनि राखिएको छ । ट्याबमा चार एनएम प्रविधिमा आधारित मिडिया टेकको MT8775 प्रोसेसर प्रयोग गरिएको छ ।
4nm MediaTek MT8775 प्रोसेसरले मल्टिटास्किङ, स्ट्रिमिङ र सिकाइ एप्समा छिटो र स्मूथ प्रदर्शन सुनिश्चित गर्दछ। यसमा सर्कल टु सर्च, रियल टाइम ट्रान्सलेसन, सल्भ म्याथ जस्ता एआई सुविधा उपलब्ध छन् । यस ट्याब्लेटले सात वर्षको वान युआई अपडेट र सात वर्षको सुरक्षा अपडेट सपोर्ट गर्नेछ ।
ग्यालेक्सी ट्याब ए ११ प्लस विद्यार्थी, सर्जक र परिवारका लागि टिकाउ, प्रदर्शन र स्मार्ट उपयोगितामा निर्माण गरिएको सामसङ नेपालका MX बिजनेस निर्देशक प्रणय रत्न स्थापितले बताए । यो ट्याब शून्य प्रतिशत ब्याज र ईएमआईमा खरिद गर्न सकिने छ । ग्यालेक्सी ट्याब ए ११ प्लस नेपालभरका सामसङ स्टोर र खुद्रा पसलहरूमा उपलब्ध छ।
ट्याबको फाइभजी भेरियन्ट (८ जीबी र्याम र २५६ जीबी स्टोरेज) ४७ हजार ९९९ रूपैयाँ तथा वाईफाई भेरियन्ट (६ जीबी र्याम र १२८ जीबी स्टोरेज) ३४ हजार ९९९ रूपैयाँ मूल्य तोकिएको छ ।
आईसीटी समाचार