कीवर्डहरू -

कोडअवतारका संस्थापक दिनेश सिलवालले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२५

कोडअवतारका संस्थापक दिनेश सिलवालले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२५

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२५ कोडअवतारका संस्थापक दिनेश सिलवाललाई प्रदान गरिएको छ । शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा सिलवाललाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।

विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिलाई नेपाली डायस्पोरा अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यस वर्ष क्यानडामा बसेर नेपाल र नेपालीको प्रतिष्ठा बढाइरहेका दिनेश सिलवालले पाएका हुन् । उनको अनुपस्थितिमा मायाहोल्ड ग्रुपका प्रमुख सञ्चालन अधिकृत हेमन्त बरालले सिलवालको अवार्ड ग्रहण गरेका हुन् ।

विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा निरन्तर योगदान दिइरहेका व्यक्ति हुन, दिनेश सिलवाल। क्यानडामा बस्दै आएका उनी कोडअवतार,  इन्टेग्रा सोर्सेस र क्रिस्प कल जस्ता प्रतिष्ठित आईटी कम्पनीका संस्थापक हुन । 

उनले सुरू गरेको कोडअवतार आर्थिक वर्ष २०७९/८० मा नेपालका आइसिटी सेवा निर्यातकर्तामध्ये सर्वाधिक कर तिर्ने आईटी कम्पनीको रूपमा सम्मानित भइसकेको छ, जसले विश्वका १२० बढी देशमा सेवा प्रदान गरिरहेको छ ।

केवल आईटी क्षेत्रमा मात्र ९ सय भन्दा बढीलाई रोजगारी सिर्जना गरेका सिलवाल आईटी बाहेक मायाहोल्ड ग्रुपमार्फत ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सक्रिय छन्, जहाँ २ हजारभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरिएको छ।

सीड फन्डिङ, मेन्टरिङ र अन्तर्राष्ट्रिय नेटवर्कको पहुँचमार्फत नेपाली युवालाई ग्लोबल टेक इकोसिस्टमसँग जोड्ने उनको काम पनि उत्तिकै प्रसंशनीय छ ।