कीवर्डहरू -

प्रिक्साले अधिग्रहण गर्‍यो एग्रीटेक प्लेटफर्म दैलोकृषि

प्रिक्साले अधिग्रहण गर्‍यो एग्रीटेक प्लेटफर्म दैलोकृषि

प्रविधि कम्पनी प्रिक्साले एग्री–टेक प्लेटफर्म दैलोकृषिलाई अधिग्रहण गरेको छ। यो कदमलाई खाद्य मूल्य शृंखलामा दीर्घकालीन र विश्वासमा आधारित प्रणाली निर्माण गर्ने रणनीतिक प्रयासका रूपमा लिइएको छ।

प्रिक्साका अनुसार नेपालको खाद्य प्रणालीमा सबैभन्दा ठूलो चुनौती भनेकै उपभोक्ता विश्वासको अभाव हो। यस साझेदारीमार्फत दुवै कम्पनीले विश्वासलाई केवल मार्केटिङको पक्ष होइन, आवश्यक पूर्वाधारका रूपमा विकास गर्नुपर्ने मान्यतासहित काम गर्ने बताएका छन्।

प्रिक्सा ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्माले दैलोकृषि प्रिक्सा इकोसिस्टममा जोडिएसँगै अब खाद्य क्षेत्रमा दिगो र बलियो इकोसिस्टम निर्माण गर्ने बताए । 

दैलोकृषिले किसानलाई प्रत्यक्ष उपभोक्तासँग जोडेर सुरक्षित, ताजा र मौलिक उत्पादन घरघरमा पुर्‍याउँदै आएको छ । 

कम्पनीले सबै उत्पादनको गुणस्तर परीक्षण गर्छ भने त्यसमा राखिएको क्युआर कोडमार्फत उत्पादनको स्रोत, खेती पद्धति, पौष्टिकता र प्रयोगशाला परीक्षणको विवरण सहजै हेर्न सकिन्छ ।