कीवर्डहरू -

प्लाउडको नयाँ एआई नोटटेकर ‘नोटपिन एस’ सार्वजनिक

प्लाउडको नयाँ एआई नोटटेकर ‘नोटपिन एस’ सार्वजनिक

हार्डवेयर निर्माता प्लाउडले उपभोक्ता इलेक्ट्रोनिक्स शो (CES) २०२६ अघि नयाँ एआई नोटटेकर प्लाउड नोटपीन एस र डिजिटल मिटिङका लागि डेस्कटप एप सार्वजनिक गरेको छ।

नयाँ नोटपिन एसमा रेकर्डिङ सुरु–बन्द गर्न भौतिक बटन दिइएको छ भने रेकर्डिङका क्रममा महत्त्वपूर्ण बिन्दु हाइलाइट गर्न पनि सकिन्छ। 

१७९ अमेरिकी डलर मूल्यको यस डिभाइससँगै क्लिप, ल्यानयार्ड, म्याग्नेटिक पिन र रिस्टब्यान्ड उपलब्ध गराइएको छ। साथै, डिभाइस हराएमा खोज्न सहज हुने गरी एप्पल फाइन्ड माई सपोर्ट पनि थपिएको छ।

डिभाइसमा ६४ जीबी स्टोरेज, २० घण्टासम्मको रेकर्डिङ क्षमता र दुईवटा माइक रहेका छन्। प्रयोगकर्ताले महिनामा ३०० मिनेट निःशुल्क ट्रान्सक्रिप्सन सुविधा पाउनेछन्। सानो आकारका कारण यो डिभाइस यात्रामा रहने प्रयोगकर्ताका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।

यससँगै प्लाउडले डिजिटल मिटिङका लागि नयाँ डेस्कटप एप पनि ल्याएको छ, जसले मिटिङ चलिरहेको बेला स्वतः नोट लिन सहयोग गर्छ।