कीवर्डहरू -

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालन

प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारबाट कल सेन्टर सञ्चालन गरेको छ। 

निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको हो । अहिलेलाई बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा प्रदान गरिने छ । 

आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ। निःशुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा रहनुपर्ने छैन।

सोमबारदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म सञ्चालनमा रहनेछ।