कीवर्डहरू -

ह्वाट्सएप कल कसरी रेकर्ड गर्ने? आइफोन र एन्ड्रोइड प्रयोगकर्ताका लागि सजिलो उपाय

ह्वाट्सएप कल कसरी रेकर्ड गर्ने? आइफोन र एन्ड्रोइड प्रयोगकर्ताका लागि सजिलो उपाय

“नर्मल कल” मा आजकल रेकर्डिङ सुविधा सजिलै उपलब्ध भए पनि ह्वाट्सएपमा भएको महत्वपूर्ण कुराकानी सुरक्षित राख्न धेरै प्रयोगकर्तालाई समस्या पर्ने गर्छ। कारण, ह्वाट्सएप एपमा अहिलेसम्म कल रेकर्ड गर्ने कुनै सोझो अप्सन दिइएको छैन। यही कारणले प्रयोगकर्ताहरू ह्वाट्सएप कल रेकर्ड गर्न विभिन्न विकल्प खोज्ने गरेका छन्।

यदि तपाईं पनि ह्वाट्सएप कल रेकर्ड गर्न चाहनुहुन्छ भने आइफोन र एन्ड्रोइड दुबै फोनमा यसका लागि सजिला तरिका अपनाउन सकिन्छ। आइफोन प्रयोगकर्ताहरूले कुनै पनि थर्ड पार्टी एप प्रयोग नगरी नै कल रेकर्ड गर्न सक्छन् भने एन्ड्रोइड प्रयोगकर्ताहरूले भने छुट्टै एप इन्स्टल गर्नुपर्ने हुन्छ, जसले यो प्रक्रिया सहज बनाउँछ।

आइफोनमा ह्वाट्सएप कल रेकर्ड गर्न फोनको कन्ट्रोल सेन्टरमा उपलब्ध एक फिचर प्रयोग गर्न सकिन्छ। कन्ट्रोल सेन्टर खोलेर प्लस आइकनमा ट्याप गरेपछि लोकल क्याप्चर टगल थप्नुपर्छ। त्यसपछि लोकल क्याप्चर अप्सन होल्ड गरेर अडियो ओनली विकल्प छान्न सकिन्छ। जब ह्वाट्सएप कल रेकर्ड गर्नुपर्ने हुन्छ, सोही अप्सनमा ट्याप गरी स्टार्ट रेकर्डिङ सुरु गरेपछि कलको अडियो रेकर्ड हुन्छ।

एन्ड्रोइड फोनमा आइफोनजस्तो बिल्ट–इन सुविधा नहुँदा ह्वाट्सएप कल रेकर्ड गर्न कल रेकर्डिङ एपको सहारा लिनुपर्छ। यसका लागि गुगल प्ले स्टोरमा एप्प कल रेकर्डर सर्च गरी पहिलो देखिने रातो आइकन भएको एप डाउनलोड गर्न सकिन्छ। एप इन्स्टल गरी आवश्यक सबै परमिसन दिएपछि उक्त एपले ह्वाट्सएप कलहरू अटोमेटिक रूपमा रेकर्ड गर्न मद्दत गर्छ।