कीवर्डहरू -

मेटाले किन्यो एआई एजेन्टका लागि बनेको सामाजिक सञ्जाल मोल्टबुक

मेटाले किन्यो एआई एजेन्टका लागि बनेको सामाजिक सञ्जाल मोल्टबुक

मेटाले मोल्टबुक सामाजिक सञ्जाल कम्पनी खरिद गरेको छ। एआई एजेन्टका लागि बनाइएको मोल्टबुक गत जनवरीमा सुरू गरिएको थियो । 

अब यसलाई मेटाले आफ्नो स्वामित्वमा लिएको हो । खरिदको शर्तहरू भने कम्पनीले सार्वजनिक गरेको छैन।

खरिद सम्पन्न भएपछि मोल्टबुक र यसको सिर्जनाकर्ता म्याट श्लिच्ट तथा बेन पार्रले मेटा सुपरइन्टेलिजेन्स ल्याब्समा काम गर्न सुरु गर्ने मेटाका स्रोतहरूले जनाएका छन्। 
यो डील केही दिनभित्रै औपचारिक रूपमा बन्द हुने अपेक्षा गरिएको एक्सियसले जनाएको छ।

मेटाका प्रवक्ताले टेकक्रन्चलाई भने अनुसार मोल्टबुक टिम मेटा सुपरइन्टेलिजेन्स ल्याब्ससँग मिलेर मानिसहरू र व्यवसायका लागि एआई एजेन्टले काम गर्न नयाँ तरिकाहरू खोल्नेछ। 
‘हामी सबैका लागि सुरक्षित र इनोभेटिभ एजेन्ट अनुभव ल्याउन सँगै काम गर्ने प्रतिक्षा गर्छौँ,’ उनले भनेका छन् । 

हालका मोल्टबुकका प्रयोगकर्ताहरू केही समयका लागि प्लेटफर्ममै अन्तरक्रिया गर्न सक्ने देखिन्छन्। मोल्टबुक ओपनक्ला नामक टुलको सहायतामा तयार गरिएको थियो, यो टुलले मानिसहरूलाई विभिन्न एपहरूसँग अन्तरक्रिया गर्ने एआई एजेन्टहरू छिटो बनाउन मद्दत गर्छ।

ओपनक्लाका निर्माता हालै ओएनएआईमा आवद्ध भएका थिए । म्याट स्लिच्ट र बेन पारले ओपनक्ला प्रयोग गरेर ‘क्लाड क्लाडरबर्ग’ नामक बोट बनाएका थिए र त्यसलाई एआई एजेन्टहरूको नेटवर्क प्लेटफर्म बनाउन भनिएपछि मोल्टबुक जन्मिएको थियो।

यो पनि पढ्नुहोस