कीवर्डहरू -

लिफ्टमा किन हराउँछ मोबाइल सिग्नल? यस्तो छ यसको वैज्ञानिक कारण

लिफ्टमा किन हराउँछ मोबाइल सिग्नल? यस्तो छ यसको वैज्ञानिक कारण

धेरैजसो लिफ्टमा फोनको सिग्नल हराउँछ वा यस्तो आउँछ कि कल वा डेटा प्रयोग गर्न गाह्रो हुन्छ। स्मार्टफोनमा सञ्चारका लागि इलेक्ट्रोमैग्नेटिक रेडियो वेभको उपयोग गरिन्छ। अहिले प्रविधि अत्यन्तै एडभान्स  भइसकेको छ। टेलिकम कम्पनीहरूको नेटवर्क सिस्टम अपग्रेड भएसँगै स्मार्टफोनमा जोडिएका मोडेमहरू पनि एडभान्स भइसकेका छन्। तर लिफ्टमा त्यस्तो के हुन्छ कि मोबाइलका सिग्नल प्राप्त हुँदैनन्?

लिफ्टमा मोबाइल सिग्नल किन आउँदैनन्?

लिफ्टमा मोबाइल सिग्नललाई ब्लक गर्ने प्रमुख कारणहरू मध्ये एक लिफ्टको निर्माण सामग्री हो। ईँटा, काँक्रिट र स्टेनलेस स्टीलले बनेका लिफ्टहरूले यी सिग्नलहरू ब्लक गर्न सक्छन्। कुनै पनि त्यस्तो सामग्री जसले वर्षा, असिना र हिउँलाई रोक्न सक्छ, उस्तै प्रभावकारी तरिकाले मोबाइल सिग्नल पनि रोक्न सक्छ। यी इलेक्ट्रोमैग्नेटिक सिग्नलहरूलाई अवशोषित वा परावर्तित गर्दा नेटवर्कले आफ्नो पूर्ण क्षमतामा काम गर्न पाउँदैन।

के नेटवर्क बूस्टर लिफ्टमा काम गर्छन्?

लिफ्टको शाफ्टलाई सिग्नलले कभर गर्नु नेटवर्क बूस्टरका लागि कठिन हुन सक्छ। यदि लिफ्ट शाफ्टमा दुई वा तीनभन्दा बढी लिफ्टहरू छन् भने यो सम्भव हुन सक्छ। साथै लिफ्ट भवनको बाहिरी भागतर्फ हुँदा नेटवर्क बूस्टरको कार्य केही सजिलो हुन सक्छ। त्यसैले स्पष्ट रूपमा ‘हो’ वा ‘होइन’ भन्न गाह्रो हुन्छ। यो नेटवर्क बूस्टरको गुणस्तर र क्षमता तथा शाफ्टको क्षेत्रफलमा निर्भर गर्नेछ।

यदि लिफ्टमा नेटवर्क नआए के गर्ने?

यदि लिफ्टमा नेटवर्क नआए धैर्य राख्नुहोस्। लिफ्टबाट निस्केर बाहिर आएपछि कल वा डेटा प्रयोग गर्नुहोस्। दुर्भाग्यवश तपाईं लिफ्टमा फँस्नुभएको छ र मोबाइल नेटवर्क काम गरिरहेको छैन भने लिफ्टको इन्टरकम प्रयोग गर्नुहोस्। धेरै लिफ्टहरूमा सोही लागि कल बटनपनि दिइएको हुन्छ।