नेपालमा विद्युतीय सवारीको बजार विस्तार हुँदै गर्दा सेग्वेले आफ्नो लोकप्रिय मोडल ई११०एल पुनः स्टक गरेको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर कम्पनीले यो स्कुटर रु २,८४,९९९ मा उपलब्ध गराएको छ। यस अफरअन्तर्गत खरिदकर्ताले डिजिटल ट्याब, ब्रान्डेड हेलमेट, स्कुटर कभर, टोट ब्याग र एक वर्षको निःशुल्क एएमसी (वार्षिक मर्मत सम्झौता) प्राप्त गर्नेछन्।
नेपालको आधिकारिक वितरक आइहब प्रालि ले पहिलो २५ ग्राहकहरूका लागि आकर्षक अर्ली बर्ड डिस्काउन्टको घोषणा गरेको छ। यसअन्तर्गत विभिन्न मोडलहरूमा रु ४१,००० सम्मको बचत गर्न सकिनेछ।
सेग्वे ई११०एल मा २४०० वाटको ब्रसलेस मोटर रहेको छ, जसले १५० एन·एम टर्क उत्पादन गर्दछ। यसको शीर्ष गति ६२ किमी/घण्टा छ र १५ डिग्रीभन्दा माथिको उकालो पनि सहजै पार गर्न सक्छ। स्कुटरमा ७२ भोल्ट २४ एम्पियर-घण्टा लिथियम ब्याट्री प्रयोग गरिएको छ, जसले प्रति चार्ज ६० देखि ११० किलोमिटर को दायरा प्रदान गर्दछ। दैनिक प्रयोगका लागि २७ लिटरको डिक्की स्थान र रिभर्स मोड पनि उपलब्ध छ, जुन सहरी सवारी र पार्किङमा सहायक हुन्छ।
ई११०एल नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दै निर्माण गरिएको छ। यसमा हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ रहेको छ, जसले असमान बाटोमा पनि सहज यात्रा प्रदान गर्दछ। एन्टी-स्किड ट्यूबलेस टायर र डुअल-डिस्क ब्रेकिङ प्रणालीले ग्रिप र ब्रेक नियन्त्रणमा सुधार गरेको छ। १३० एमएमको ग्राउन्ड क्लियरेन्स र कार्बन स्टिल चेसिसले यसलाई स्थिर र दैनिक प्रयोगका लागि उपयुक्त बनाएको छ।
यो स्कुटर विभिन्न स्मार्ट फिचरले सुसज्जित छ:
-
जीपीएस ट्र्याकिङ र रिमोट कन्ट्रोल एक्सेस
-
एन्टी-थेफ्ट प्रणाली (सुरक्षाका लागि)
-
क्रुज कन्ट्रोल र रेजेनरेटिभ ब्रेकिङ
-
इलेक्ट्रोनिक सिट लक
-
म्याट्रिक्स एलईडी हेडलाइट र रियर इन्डिकेटर
-
बिएमएस ५.० प्रणाली (ब्याट्री प्रदर्शन व्यवस्थापन)
-
आइपीएक्स४ रेटेड बडी (हल्का पानी र दैनिक वर्षासँग जुझ्न सक्ने)
-
आईसीटी समाचार