गोरखा । गोरखामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । आइतबार साँझ सहिद लखन गाउँपालिका ५ तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीय विनोद थापा चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र बसिरहेका थापा मोबाइल प्रयोग गरिरहेको अवस्थामा एक्कासि परेको चट्याङले घाइते भएका थिए ।
गम्भीर अवस्थामा रहेका थापाको उपचारका क्रममा गएराति प्रदेश अस्पताल गोरखामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईसीटी समाचार