कीवर्डहरू -

फेसबुक–टिकटकमा नक्कली पेज सक्रिय, हटाउन स्वास्थ्य बीमा बोर्डको २४ घण्टे अल्टिमेटम

फेसबुक–टिकटकमा नक्कली पेज सक्रिय, हटाउन स्वास्थ्य बीमा बोर्डको २४ घण्टे अल्टिमेटम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सञ्चालन गरिएका अनधिकृत सामाजिक सञ्जाल पेज तथा समूहहरू हटाउन कडा निर्देशन दिएको छ । बोर्डले सूचना जारी गर्दै फेसबुक, टिकटक र युट्युबजस्ता सामाजिक सञ्जालमा आफ्नो आधिकारिकता झल्किने गरी बनाइएका नक्कली पेज तथा समूहमार्फत भ्रमपूर्ण, तथ्यहीन र असम्बन्धित जानकारी प्रवाह भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सूचनामा यस्ता अनधिकृत सामाग्रीले आम नागरिकमा भ्रम सिर्जना गरिरहेको उल्लेख गर्दै सम्बन्धित पेज २४ घण्टाभित्र हटाउन निर्देशन दिइएको छ । तोकिएको समयभित्र निर्देशन पालना नगरेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि बोर्डले दिएको छ ।

बोर्डका अनुसार स्वास्थ्य बीमा सम्बन्धी आधिकारिक जानकारी लिन सर्वसाधारणले केवल आधिकारिक सामाजिक सञ्जाल हेर्न सक्नुहुन्छ । बोर्डले फेसबुक, टिकटक र युट्युबमार्फत नियमित सूचना प्रवाह भइरहेको जनाएको छ । साथै, सर्वसाधारणलाई सामाजिक सञ्जालमा देखिने भ्रमपूर्ण विज्ञापन वा जानकारीको भरमा नपर्न र सत्यतथ्य बुझेर मात्र विश्वास गर्न बोर्डले आग्रह गरेको छ ।

null