काठमाडौं । कम्प्युटर प्रयोगकर्ताहरूका लागि सबैभन्दा सजिलो र कम प्रयास लाग्ने प्रोडक्टिभिटी सुधारमध्ये एक भनेको किबोर्ड सर्टकट प्रयोग गर्ने बानी विकास गर्नु हो । विज्ञहरूका अनुसार, किबोर्ड सर्टकट प्रयोग गरेर विभिन्न एपहरू चलाउँदा समय बचत हुन्छ र काम गर्ने गति उल्लेखनीय रूपमा बढ्छ ।
साधारण रूपमा माउस क्लिक गरेर नेभिगेट गर्नुको सट्टा किबोर्ड सर्टकट प्रयोग गर्दा दैनिक कामहरू छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सकिन्छ । यसले लामो समयको प्रयोगमा ठूलो उत्पादकत्व वृद्धि गर्न मद्दत गर्ने बताइएको छ । यहाँ १० वटा उपयोगी किबोर्ड सर्टकटहरू छन्, जसले तपाईंको समय बचत गर्न सक्छ:
Ctrl + C / Ctrl +V -Copy paste
Ctrl +X -Cut
Ctrl +Z -Undo
Ctrl + Shift+T-Reopen closed tab
Alt+Tab- Switch apps
Win +D – Show desktop
Win+Shift +S -Screenshot tool
Ctrl+F- Find on page
Ctrl+L-Jump on address bar
Ctrl+W -Close tab
यी सर्टकटहरूको नियमित प्रयोगले कम्प्युटरमा काम गर्ने गति र दक्षता दुवै बढाउन सहयोग गर्ने विशेषज्ञहरूको भनाइ छ ।
आईसीटी समाचार