कीवर्डहरू -

आकर्षक अफरसहित ओप्पो ए ६ एक्स स्मार्टफोन नेपाली बजारमा

आकर्षक अफरसहित ओप्पो ए ६ एक्स स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । ओप्पो ए ६ एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो फोनले टिकाउपन, सहज प्रदर्शन र लामो ब्याट्री क्षमताको सन्तुलन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

फोनमा ६ जीबी ¥याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ भने ‘आइस ब्लु’ र ‘प्लम पर्पल’ रंगमा बजारमा आएको छ । ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले स्मूथ र स्पष्ट दृश्य अनुभव दिने कम्पनीको दाबी छ ।

टिकाउपनलाई प्राथमिकता दिँदै फोनमा आईपी ६४ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमता समावेश गरिएको छ । ‘स्प्ल्यास टच’ र ‘ग्लोभ टच’ जस्ता सुविधाले भिजेको हात वा पञ्जा लगाएर पनि सहज प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रदर्शनका लागि फोनमा स्न्यापड्रागन ६८५ प्रोसेसर प्रयोग गरिएको छ, जसले सामान्य तथा दैनिक कार्यहरूमा प्रभावकारी कार्य सम्पादन गर्ने बताइएको छ । यूएफएस २.२ स्टोरेज र कलरओएस १५ अपरेटिङ सिस्टमले छिटो डेटा ट्रान्सफर र प्रयोगकर्ता मैत्री अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

ऊर्जाका लागि ६५००mAh क्षमताको ब्याट्री राखिएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सहयोग पुर्‍याउँछ । साथै, १५ वाट चार्जिङ र रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । यो स्मार्टफोनको मूल्य रु. ३२,४९९ तोकिएको छ ।

सार्वजनिक अफर अन्तर्गत ग्राहकले खरिद गरेको एक महिनाभित्र दुई महिनासम्म मान्य हुने साट्ने सुविधा पाउनेछन्, जुन असार १०, २०८३ सम्म लागू हुनेछ । साथै, पहिलो ३०० ग्राहकलाई विशेष फोन स्ट्यान्ड उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।