कीवर्डहरू -

आईफोन हरायो ? यसरी तुरुन्त ट्र्याक र लक गर्नुहोस्

आईफोन हरायो ? यसरी तुरुन्त ट्र्याक र लक गर्नुहोस्

काठमाडौं । आइफोन हराउनु केवल असुविधा मात्र होइन, यसले प्रयोगकर्ताको व्यक्तिगत जानकारी समेत जोखिममा पार्न सक्छ । यस्तो अवस्थामा Apple ले दिएको Find My फीचर निकै उपयोगी सावित हुन्छ । यस सुविधामार्फत प्रयोगकर्ताले हराएको आइफोनको स्थान पत्ता लगाउन, फोन लक गर्न वा आवश्यक परे डाटा मेटाउन सक्छन् ।

Find My सेवा iCloud वा अर्को Apple डिभाइसबाट प्रयोग गर्न सकिन्छ, जसले टाढाबाटै फोन नियन्त्रण गर्ने सुविधा दिन्छ । यसको लागि आइफोनमा पहिले नै Find My चालु गरिएको हुनुपर्छ । Find My सही रूपमा चल्न आइफोन अनलाइन हुनुपर्छ, Apple ID साइन इन भएको हुनुपर्छ र लोकेशन सर्भिस पनि चालु हुनुपर्छ ।

Find My प्रयोग गरेर हराएको आइफोन कसरी खोज्ने र मेटाउने ?
ब्राउजरमा iCloud वा अर्को डिभाइसको Find My एपमार्फत तपाईंले Find My प्रयोग गर्न सक्नुहुन्छ । अर्को डिभाइसबाट आफ्नो iCloud खातामा लगइन गर्न Apple ID र पासवर्ड आवश्यक पर्छ ।

Find My प्रयोग गरेर आफ्नो iPhone खोज्न
ब्राउजरमा iCloud.com/find खोल्नुहोस् वा अर्को Apple डिभाइसको Find My एप प्रयोग गर्नुहोस् । त्यसपछि आफ्नो iPhone सँग जोडिएको Apple ID बाट साइन इन गरी Devices Section मा गएर iPhone चयन गर्नुहोस् । उपलब्ध भए नक्सामा फोनको स्थान देखिन्छ, नजिकै भए Play Sound बजाएर सजिलै खोज्न सकिन्छ, र टाढा भए त्यसको स्थानसम्म जाने दिशा पनि लिन सकिन्छ ।

हराएको iPhone टाढाबाट लक गर्न
Find My खोल्नुहोस् र आफ्नो iPhone चयन गर्नुहोस् । त्यसपछि Lost Mode चालु गरेर डिभाइस सुरक्षित बनाउनुहोस्, सुरक्षाका लागि पासकोड सेट वा पुष्टि गर्नुहोस्, र लक स्क्रिनमा देखिने फोन नम्बर तथा सन्देश थप्नुहोस् । यो सुविधा सक्रिय भएपछि iPhone तुरुन्त लक हुन्छ र भुक्तानी सेवा स्वत: बन्द हुन्छ ।

Find My प्रयोग गरेर iPhone मेटाउन
पहिले Find My खोल्नुहोस् र आफ्नो Apple ID मार्फत साइन इन गर्नुहोस् । त्यसपछि डिभाइस सूचीबाट आफ्नो iPhone चयन गरी Erase विकल्प छान्नुहोस् र प्रक्रिया सुरु गर्न पुष्टि गर्नुहोस् । यसपछि iPhone भित्रका सबै डाटा मेटिन्छन्, र फोन पुन: प्रयोग गर्न भने फेरि Apple ID विवरण आवश्यक पर्छ ।