कीवर्डहरू -

Foobar2000 किन फेरि लोकप्रिय बन्दैछ ?

Foobar2000 किन फेरि लोकप्रिय बन्दैछ ?

काठमाडौं । पुरानो तर शक्तिशाली म्युजिक प्लेयर Foobar2000 अहिले फेरि “hidden gem” का रूपमा चर्चामा आएको छ । विन्डोज प्रयोगकर्ताका लागि यो हल्का, छिटो र भरपर्दो म्युजिक प्लेब्याक एप मानिन्छ ।

Foobar2000 सन् 2002 देखि उपलब्ध छ र यो पूर्ण रूपमा नि:शुल्क छ । ठूलो MP3 सङ्ग्रह व्यवस्थापन गर्न, प्लेलिस्ट बनाउन, फाइल फर्म्याट परिवर्तन गर्न र उच्च स्तरको कस्टमाइजेसन गर्न यसले सहयोग गर्छ ।

Windows Media Player जस्ता साधारण प्लेयरभन्दा धेरै उन्नत सुविधा दिने भएकाले यसलाई अझै पनि धेरै अडियो प्रेमीहरूले रोज्ने गरेका छन् । यसको साधारण इन्टरफेस भएपनि प्रयोगकर्ताले चाहेको अनुसार डिजाइन र सेटअप गर्न सकिने विशेषता यसमा रहेको छ ।

समयसँगै यसको लोकप्रियता केही घटेपनि अहिले Foobar2000 फेरि संगीत प्रेमीहरूको बीचमा उपयोगी र शक्तिशाली विकल्पको रूपमा फर्किएको छ ।