काठमाडौं । सीजी मोटोकर्पले नेपालमा आफ्नो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल सुजुकी ई-भिताराको बुकिङ खुला गरेको छ । बुधबार पोखरामा आयोजित वडा अटो शोमा कम्पनीले यसको सुरुवाती मूल्य रु. ४९,९९,९९९ घोषणा गरेको हो । कम्पनीका अनुसार यो विशेष परिचयात्मक मूल्य सीमित अवधिका लागि मात्रै लागू हुनेछ ।
जापानी अटो निर्माता सुजुकीको यो पहिलो प्रिमियम इभी नेपाली बजारमा जापानी विश्वसनीयता, उच्च इन्जिनियरिङ र आधुनिक टेक्नोलोजीसहित प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
दुई ब्याट्री विकल्प, शक्तिशाली परफर्मेन्स
सुजुकी ई-भितारा दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ, ४९ किलोवाट आवर र ६१ किलोवाट आवर । तीमध्ये पहिलोले १०८ किलोवाट र दोस्रोले १२८ किलोवाट पावर आउटपुट दिने कम्पनीको दाबी छ । मूल्य दायराअनुसार यो आफ्नै सेग्मेन्टको सबैभन्दा शक्तिशाली इलेक्ट्रिक भेहिकलमध्ये एक भएको बताइएको छ ।
कम्पनीले सुजुकीको लामो समयदेखिको विश्वसनीयता र टिकाउपनलाई आधुनिक इलेक्ट्रिक मोबिलिटीसँग जोडेर नेपाली ग्राहकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरेको छ । “यो मूल्य दायरामा जापानी ब्रान्डबाट आउने पहिलो प्रिमियम इभी हो,” कम्पनीको भनाइ छ ।
आधुनिक डिजाइन र प्रिमियम कम्फर्ट
ई-भितारामा बोल्ड र मस्कुलिन एसयूभी स्ट्यान्स दिइएको छ । बाहिरी डिजाइनमा १८ इन्च एरोडाइनामिक अलय ह्वील, म्याट्रिक्स एलईडी डीआरएल र एलईडी प्रोजेक्टर हेडल्याम्प समावेश छन् ।
भित्रतर्फ यसमा डिजिटल ककपिट, ट्विन-डेक फ्लोटिङ कन्सोल, फिक्स्ड–ग्लास सनरुफ, १०.१ इन्च डिस्प्ले, १०.२५ इन्च मल्टी–इन्फर्मेसन डिस्प्ले, वायरलेस कनेक्टिभिटी र इन्फिनिटी बाइ हार्मन प्रिमियम साउन्ड सिस्टम राखिएको छ ।
त्यसैगरी, भेन्टिलेटेड अगाडिका सिट, १०–वे पावर एड्जस्टेबल ड्राइभर सिट तथा ४०:२०:४० स्प्लिट रियर सिटिङसहित रेक्लाइन र स्लाइड सुविधा पनि उपलब्ध छ ।
नयाँ इभी प्लेटफर्म र उन्नत प्रविधि
सुजुकी ई-भितारा कम्पनीको नयाँ इभी प्लेटफर्म हिअरटेक्ट-इमा आधारित छ । यो प्लेटफर्मले संरचनात्मक कठोरता, विशाल केबिन स्पेस र उच्च–भोल्टेज सुरक्षा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । यसको ह्वीलबेस २७०० मिलिमिटर र टर्निङ रेडियस ५.२ मिटर रहेको छ ।
परफर्मेन्सका हिसाबले यसमा थ्री–इन–वन प्रणाली प्रयोग गरिएको छ, जसमा मोटर, इन्भर्टर र ट्रान्समिसन एकीकृत छन् । साथै सेल–टु–प्याक ब्याट्री कन्फिगरेसन र थर्मल म्यानेजमेन्ट सिस्टम पनि समावेश छ । यो मोडेललाई माइनस ३० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको अवस्थामा परीक्षण गरिएको कम्पनीले जनाएको छ ।
यसमा इको, नर्मल र स्पोर्ट्स गरी तीन ड्राइभ मोडका साथै स्नो टेरेन मोड पनि उपलब्ध छ । साथै रिजनरेटिभ मोड र वन–पेडल ड्राइभिङ सुविधा पनि दिइएको छ । कम्पनीका अनुसार यसको रेन्ज ५०० किलोमिटरभन्दा बढी पुग्न सक्छ ।
सुरक्षामा पनि विशेष ध्यान
सुरक्षाका लागि ई-भितारामा हिअरटेक्ट-इ प्लेटफर्ममा ५० प्रतिशतभन्दा बढी हाई-टेन्साइल स्टिल प्रयोग गरिएको छ । यसमा लेभल २ एडीएएस अर्थात् एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम जडान गरिएको छ ।
त्यस्तै, ७ एयरब्याग, ड्राइभर साइड नी एयरब्याग, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अल–डिस्क ब्रेक, इ–कल, र टायर प्रेसर मनिटरिङ सिस्टम पनि समावेश छन् ।
स्पेसिफिकेसन
| विवरण | ४९ किलोवाट आवर (डेल्टा/जेटा) | ६१ किलोवाट आवर (अल्फा) |
|---|---|---|
| लम्बाइ / चौडाइ / उचाइ | ४२७५ / १८०० / १६४० मिलिमिटर | ४२७५ / १८०० / १६४० मिलिमिटर |
| ह्वीलबेस | २७०० मिलिमिटर | २७०० मिलिमिटर |
| सिट क्षमता | ५ जना | ५ जना |
| अनुमानित रेन्ज | ४४० किलोमिटर | ५४३ किलोमिटर |
| ब्याट्री प्रकार | लिथियम फेरोफोस्फेट (एलएफपी) | लिथियम फेरोफोस्फेट (एलएफपी) |
| डीसी र्यापिड चार्जिङ (१०–८०%) | ४५ मिनेट | ४५ मिनेट |
| ब्याट्री वारेन्टी | ८ वर्ष / १,६०,००० किलोमिटर | ८ वर्ष / १,६०,००० किलोमिटर |
| मोटर पावर | १०५.८ किलोवाट | १२८ किलोवाट |
| मोटर टर्क | १९३ एनएम | १९३ एनएम |
| ड्राइभ टाइप | २WD | २WD |
| सस्पेन्सन (अगाडि/पछाडि) | म्याकफर्सन स्ट्रट / टर्सन बीम | म्याकफर्सन स्ट्रट / टर्सन बीम |
| ब्रेक (अगाडि/पछाडि) | डिस्क / ड्रम | डिस्क / ड्रम |
| पार्किङ ब्रेक | इलेक्ट्रोनिक (ईपीबी) | इलेक्ट्रोनिक (ईपीबी) |
| टायर साइज | २२५/५५ आर१८ अलय | २२५/५५ आर१८ अलय |
बुकिङ खुला, सीमित अवधिका लागि विशेष मूल्य
कम्पनीका अनुसार ई-भिताराको बुकिङ देशभरका सबै सुजुकी शोरूमहरूमा खुला गरिएको छ । सुरुवाती मूल्य भने सीमित अवधिका लागि मात्रै लागू हुने बताइएको छ ।
सीजी मोटोकर्पले सन् २०३० सम्म सुजुकीबाट थप ६ वटा नयाँ इभी बजारमा ल्याउने योजना रहेको पनि जनाएको छ ।
आईसीटी समाचार