काठमाडौं । स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस डिभाइसको सहयोगले अहिले धेरै काम केही मिनेटमै गर्न सकिन्छ । टाढा रहेका व्यक्तिसँग कुरा गर्नुहोस्, कसैलाई पैसा पठाउनु परेको होस् वा कुनै सामान अर्डर गर्नुपरेको होस्, यो डिभाइसले धेरै काम सजिलो बनाइदिएको छ ।
एआई फिचरहरूले त यसलाई झनै पावरफुल बनाइदिएको छ । तर के तपाईंलाई थाहा छ तपाईंको फोन कति पावरफुल छ ? आज हामी तपाईंलाई यस्ता केही तरिकाहरू बताउँछौं जसको माध्यमबाट तपाईं आफ्नो डिभाइसको वास्तविक परफर्मेन्स चेक गर्न सक्नुहुन्छ र बुझ्न सक्नुहुन्छ कि तपाईंको फोनले कति ‘हेभी’ काम सजिलैसँग झेल्न सक्छ ।
कसरी चेक गर्ने ?
यसका लागि तपाईं दुई तरिका अपनाउन सक्नुहुन्छ । पहिलो, तपाईं आफ्नो फोनको सेटिङ्स प्रयोग गरेर यसको जानकारी पत्ता लगाउन सक्नुहुन्छ । यसका लागि सेटिङ्समा गई ब्याट्री एण्ड डिभाइस केयरमा जानुहोस् । त्यहाँबाट तपाईं फोनको मेमोरी र परफर्मेन्स चेक गर्न सक्नुहुन्छ ।
दोस्रो तरिका भनेको एनटूटू (An TuTu) जस्ता बेंचमार्किङ एपहरूको प्रयोग गर्नु हो, जसले तपाईंको फोन कति पावरफुल छ भनेर जानकारी दिन्छ ।
सेटिङ्सबाट परफर्मेन्स चेक गर्ने तरिका
ब्याट्री एण्ड डिभाइस केयर: आजकाल धेरै स्मार्टफोनको सेटिङ्समा ब्याट्री एण्ड डिभाइस केयर नामको छुट्टै सेसन हुन्छ जहाँबाट तपाईं फोनको मेमोरी र परफर्मेन्सको अवस्था बुझ्न सक्नुहुन्छ । त्यसैगरी, कुन एप वा सेटिङ्सले तपाईंको फोन स्लो बनाइरहेको छ भन्ने पनि यहाँ देख्न सकिन्छ ।
र्यामको प्रयोगः यससँगै तपाईं र्यामको कति प्रयोग भइरहेको छ र कति फ्री स्पेस उपलब्ध छ भन्ने पनि सेटिङ्समा हेर्न सक्नुहुन्छ । केही फोनमा त यहीँबाट र्याम क्लिन गर्ने अप्शन पनि हुन्छ जसले फोनको परफर्मेन्स बुस्ट गर्न सहयोग गर्छ । स्मार्टफोनको परफर्मेन्स चेक गर्ने यो सबैभन्दा सजिलो तरिका हो ।
बेंचमार्किङ एप्स जस्तै आनटूटूले तपाईंको फोनको सीपीयू, जीपीयू, र्याम लगायतका कम्पोनेन्टहरूको परफर्मेन्स कस्तो छ भनेर जानकारी दिन्छ । यसको आधारमा तपाईंको स्मार्टफोनलाई एक स्कोर दिइन्छ । त्यो स्कोर हेरेर तपाईं अरू फोनहरूसँग तुलना गर्न सक्नुहुन्छ कि कुन फोन कति पावरफुल छ । यस्ता धेरै एप्स आजकाल प्लेस्टोरमा उपलब्ध छन् ।
आनटूटू एपबाट परफर्मेन्स कसरी चेक गर्ने ?
सबैभन्दा पहिले तपाईंको फोनमा आनटूटू एप डाउनलोड गर्नुहोस् । त्यसपछि एप खोल्नुहोस् र “बेन्चमार्क“ वा “रन टेस्ट“ मा क्लिक गर्नुहोस् । केही समय पर्खिनुहोस् । त्यसपछि तपाईंको फोनको परफर्मेन्स स्कोर देखिन्छ । यो स्कोर जति उच्च हुन्छ, फोनको परफर्मेन्स त्यति नै उत्कृष्ट मानिन्छ ।
आईसीटी समाचार