कीवर्डहरू -

एन्थ्रोपिक र माइक्रोसफ्टको सहकार्य थप बलियो, अफिसमा क्लाउड एआई उपलब्ध

एन्थ्रोपिक र माइक्रोसफ्टको सहकार्य थप बलियो, अफिसमा क्लाउड एआई उपलब्ध

काठमाडौं । एन्थ्रोपिकले आफ्नो Microsoft 365 Add-ins औपचारिक रूपमा सार्वजनिक गरेको छ । अब योग्य प्रयोगकर्ताले Excel, PowerPoint र Word भित्रै Claude AI प्रयोग गर्न सक्ने भएका छन् ।

साथै, Outlook मा Claude को Integration पनि सार्वजनिक Beta चरणमा पुगेको छ, जसले यो सुविधा छिट्टै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन सक्ने संकेत दिएको छ । यो AI केवल प्रश्नको उत्तर दिने Chatbot मात्र नभई डकुमेन्टभित्रै काम गर्ने र विभिन्न कार्य स्वत: सम्पन्न गर्न सक्ने क्षमतासहित आएको छ ।

Excel, PowerPoint र Word मा Claude AI
एन्थ्रोपिकका अनुसार Claude for Excel, PowerPoint र Word अब औपचारिक रूपमा उपलब्ध भएको छ । यी सुविधाहरू पहिलो पटक अक्टोबर 2025 मा Microsoft 365 एपहरूसँग एकीकृत रूपमा सार्वजनिक गरिएको थियो ।

यसले एन्थ्रोपिक र Microsoft बीचको सहकार्यलाई अझ बलियो बनाएको देखिन्छ । गत वर्ष माइक्रोसफ्टले आफ्नो Copilot मा पनि एन्थ्रोपिकका AI मोडेलहरू समावेश गरेको थियो ।

हाल Claude AI को यो सुविधा सबैका लागि उपलब्ध छैन । Claude Pro, Max, Team र Enterprise Subscribers ले मात्र Microsoft 365 भित्र Claude Chatbot प्रयोग गर्न सक्नेछन् ।

यो सुविधा Web, Windows र Mac मा उपलब्ध छ भने Excel संस्करण iPad मा पनि प्रयोग गर्न सकिन्छ । व्यक्तिगत प्रयोगकर्ताले Microsoft Marketplace बाट डाउनलोड गर्न सक्नेछन् भने Enterprise प्रयोगकर्ताले Admin बाट Activation लिनुपर्ने हुन्छ ।

Excel मा के गर्न सक्छ Claude ?
Excel भित्र Claude AI ले Workbook सम्बन्धी प्रश्नको उत्तर दिन, Error सुधार गर्न, Data Update गर्न तथा अन्य Tools बाट जानकारी ल्याउन सहयोग गर्छ ।

PowerPoint मा Presentation तयार गर्न सकिने
PowerPoint मा Claude AI ले Slide तयार गर्ने, Edit गर्ने, पूरा Presentation बनाउने तथा Charts र Diagrams थप्ने काम गर्न सक्छ ।

Word मा Document Editing सहज
Word मा Claude AI ले Document सम्बन्धी प्रश्नको उत्तर दिने, Selected Text Edit गर्ने, Style र Formatting सुरक्षित राख्ने तथा Template अनुसार Content तयार गर्ने सुविधा दिन्छ । यसले Comment Threads पढेर त्यसअनुसार काम गर्न पनि सक्छ ।

Outlook मा पनि Claude AI
एन्थ्रोपिकले Claude for Outlook लाई सार्वजनिक Beta मा उपलब्ध गराएको छ । हाल यो सुविधा Web, Windows र Mac मा सीमित प्रयोगकर्ताका लागि उपलब्ध छ । Claude AI ले Inbox का Unread Emails विश्लेषण गरेर महत्वपूर्ण सन्देश छुट्याउन सक्छ ।

साथै, प्रयोगकर्ताको लेखन शैलीअनुसार Reply Draft तयार गर्न पनि सहयोग गर्छ । Outlook भित्र Claude ले लामो Email Thread को सारांश बनाउने, Attachment पढ्ने, Meeting Schedule गर्ने तथा आगामी बैठकका लागि One-page Brief तयार गर्ने जस्ता काम पनि गर्न सक्छ ।