काठमाडौं । आजको डिजिटल युगमा ल्यापटप हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । पढाइदेखि अफिसको कामसम्म, सबैका लागि ल्यापटप अपरिहार्य उपकरण बनिसकेको छ ।
तर, कहिले काहीँ कामको बीचमै ल्यापटपको टच प्याडले काम गर्न छाडेमा समस्या उत्पन्न हुन सक्छ । यस्तो समस्याले न त काम सहज हुन्छ, न त अनुभव नै राम्रो रहन्छ ।
यस लेखमा हामी टच प्याड नचल्नुका सामान्य कारणहरू र समाधानका सरल उपायहरूबारे जानकारी दिनेछौं, जसले तपाईंलाई समस्या समाधान गर्न सजिलो बनाउनेछ ।
टच प्याड काम नगर्नुको सामान्य कारणहरू
– ड्राइभर समस्या
टच प्याड चलाउनका लागि ड्राइभर सफ्टवेयर आवश्यक हुन्छ । यदि ड्राइभर पुरानो छ, करप्ट भएको छ वा मिसिंग छ भने, टच प्याड काम गर्नेछैन ।
– विण्डोज सेटिङ्समा परिवर्तन
कहिले काहीँ विन्डोज सेटिङ्समा केही परिवर्तन हुँदा पनि टच प्याड अचाक्ली बन्द हुन सक्छ ।
– टच प्याडमा हार्डवेयर खराबी
भित्र कुनै हार्डवेयर खराबी आएर टच प्याडले काम नगर्न सक्छ । प्रायः पुरानो ल्यापटपमा यस्तो समस्या देखिन्छ ।
– अपडेट नहुनु
ल्यापटपमा ड्राइभर अपडेट नभएर पनि टच प्याड काम नगर्न सक्छ ।
टच प्याड काम नगर्दा के गर्ने ?
– अनावश्यक डेटा
यदि ल्यापटपमा थुप्रै अनावश्यक डेटा छ भने त्यसलाई डिलिट गर्नुहोस् । यसले कहिले काहीँ टच प्याडलाई पुनः ठीक बनाउन सहयोग गर्छ । थुप्रै डुप्लिकेट फाइल्स डिलिट गर्नुहोस् र रिसाइकल बिन खाली राख्नुहोस् ।
– रिस्टार्ट
ल्यापटप रिस्टार्ट गर्दा धेरै साना–ठूला सफ्टवेयर ग्लिचहरू समाधान हुन सक्छन् । यदि टच प्याड काम नगरेको छ भने पहिलो कामका रूपमा रिस्टार्ट गरेर हेर्नुहोस् । समय–समयमा रिस्टार्ट गर्न बिर्सनु हुँदैन ।
– नयाँ फेर्ने
यदि तपाईंको ल्यापटप धेरै पुरानो भइसकेको छ भने टच प्याडमा स्थायी खराबी आएको हुन सक्छ । यस्तो अवस्थामा सर्भिस सेन्टरमा ल्यापटप लैजानुहोस् र टच प्याड बदलाउनुहोस् ।
यी सरल उपायहरूले तपाईंको ल्यापटपको टच प्याड समस्या समाधानमा मद्दत गर्नेछन् ।
आईसीटी समाचार