काठमाडौं । सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित र आधुनिक बनाउने उद्देश्यसहित मास ट्रान्जिट प्रणाली विकास गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशका प्रमुख सहरहरूमा सार्वजनिक यातायातको दीर्घकालीन समाधानका रूपमा मास ट्रान्जिट प्रणाली विकास गरिने घोषणा गरेका हुन् ।
सरकारले बढ्दो शहरीकरण र यातायात चापलाई ध्यानमा राख्दै सुरक्षित, छरितो र दिगो सार्वजनिक यातायात प्रणाली विस्तार गर्ने लक्ष्य लिएको हो ।
आईसीटी समाचार