काठमाडौं । सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय खोल्न नमानेको भन्दै कडा आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले विज्ञान र नवप्रवर्तनको क्षेत्रलाई उपेक्षा गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले विश्वविद्यालयहरूलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने गरी सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएपनि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै रहने व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाए ।
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गर्न नवप्रवर्तन कोष स्थापना गरिनुपर्नेमा जोड दिए । उनले मन्त्रालयमा सञ्चालनका लागि बजेटको आवश्यकता पर्ने भन्दै सरकार पन्छिन खोजेको भन्दै विज्ञान र नवप्रवर्तन ठूलो कि २–३ अर्ब रुपैयाँ ठुलो भन्दै प्रश्न गरेका थिए ।
आईसीटी समाचार