कीवर्डहरू -

यी ४ नि:शुल्क टुल्सले पासवर्ड लिकबारे समयमै दिन्छ चेतावनी

यी ४ नि:शुल्क टुल्सले पासवर्ड लिकबारे समयमै दिन्छ चेतावनी

काठमाडौं । पासवर्डको लिकेज हुनु अहिले सामान्य विषय बनेको छ । दिनहुँ मानिसहरूको पासवर्ड लिक भइरहेका छन् । हामी प्रायः धेरै सोच विचार नगरी पासवर्ड सेव गर्छौं; ब्राउजरमा, एप्समा वा पासवर्ड म्यानेजरहरूमा, सोचेर कि यिनीहरूले हामीलाई सुरक्षित राख्नेछन् । तर डिजिटल संसार हामीले जस्तो सुरक्षित छैन । कहिले कुनै डाटा ब्रीचमा तपाईँका लगइन डिटेल्स ह्याक भएर डार्क वेबमा पुग्छन् कि भन्ने निश्चित छैन । सबैभन्दा खतरनाक कुरा ? जबसम्म तपाईँलाई थाहा हुन्छ, तबसम्म धेरै ढिला भएको हुन्छ ।

यसैले पासवर्ड लिकको जाँच गर्नु र तुरुन्त एक्शन लिनु आजको समयमा एंटीवायरस जत्तिकै आवश्यक बनेको छ । राम्रो कुरा के हो भने यसका लागि केही भरपर्दो र निःशुल्क टुलहरू उपलब्ध छन्, जसले समयमै चेतावनी दिन सक्छन् र बताउन सक्छन् कि तपाईँको डाटा, मोबाइल नम्बर, इमेल आईडी र पासवर्ड कुनै लिकमा परेको छ कि छैन ?

१. हेभ आइ बिन प्वन्ड (Pawned)

यो एक स्वतन्त्र र निःशुल्क टुल हो जसले तपाईँको इमेल आईडीलाई सयौँ डाटा ब्रीच डेटाबेसहरूमा स्क्यान गर्छ ।

फिचर्स

  • इमेल आईडी हाल्दै गर्दा नै थाहा हुन्छ कि त्यो कुनै डाटा लिकमा परेको थियो कि थिएन ?

  • पासवर्डको गोपनीयता कायम राख्दै जाँच

  • भविष्यका लिकहरूको लागि इमेल अलर्ट

  • किन आवश्यक छ: छिटो, गुमनाम र साइनअप बिना प्रयोग गर्न मिल्ने । यदि तपाईँको इमेल लिक भइसकेको छ भने तुरुन्त पासवर्ड परिवर्तन गर्नुहोस् ।

२. गुगल पासवर्ड चेकअप

यदि तपाईँले कहिल्यै क्रोम (Chrome) वा गुगल अकाउन्टमा पासवर्ड सेव गर्नुभएको छ भने, यो टुलले त्यो पासवर्ड लिक भएको हो कि होइन भन्ने देखाउन सक्छ ।

फिचर्स

  • रियल-टाइम अलर्ट (कमजोर, दोहोरिएका वा लिक भएका पासवर्डहरूमा)

  • क्रोम र एन्ड्रोइडमा इन-बिल्ट

  • ब्याकग्राउन्डमा शान्तिपूर्वक काम गर्छ
    किन आवश्यक छ: यदि तपाईँ पहिलेबाट गुगल प्रयोगकर्ता हुनुहुन्छ भने, यो सुविधा निःशुल्क र प्रभावकारी छ ।

३. गुगल वन डार्क वेब रिपोर्ट

यो टुलले डार्क वेबमा तपाईँको निजी जानकारी जस्तै इमेल, फोन नम्बर आदि निगरानी गर्दछ ।

फिचर्स

  • डार्क वेब डेटाबेस र फोरमहरू स्क्यान गर्ने

  • इमेलभन्दा बाहेक अरू पहिचानहरू पनि जाँच गर्ने

  • गुगल वन सब्सक्रिप्शन (ट्रायल सहित) मा उपलब्ध
    किन आवश्यक छ: डार्क वेब त्यही ठाउँ हो जहाँ चोरी गरिएका डाटाहरू प्रायः बिक्री गरिन्छन् । यसले तपाईँलाई सामान्यतया लुकेको जानकारी दिन्छ ।

४. एप्पल आईक्लाउड की चेन पासवर्ड मोनिटरिङ

यदि तपाईँ एप्पल प्रयोगकर्ता हुनुहुन्छ भने, आईक्लाउड कीचेनले तपाईँले सेव गरेका पासवर्डहरूलाई डाटा ब्रीच डेटाबेससँग क्रसचेकि गर्छ ।

फिचर्स:

  • आईओएस र म्याकओएसमा इन-बिल्ट

  • लिक भएका, कमजोर वा दोहोरिएका पासवर्डहरूलाई फ्ल्याग गर्ने

  • बलियो पासवर्ड अपनाउन सुझाव दिने

  • यदि तपाईँ एप्पल उपकरणहरू प्रयोग गर्नुहुन्छ भने, यो सुविधा पहिले नै उपलब्ध छ र तपाईँको डिजिटल सुरक्षा मद्दत गर्छ ।

जोखिमका संकेत: अकाउन्ट ह्याक भएको लक्षणहरू

  • अनजान स्थान वा उपकरणबाट लगइन नोटिफिकेसन

  • तपाईँको अकाउन्टबाट अनावश्यक मेसेज (स्प्याम वा फिसिङ)

  • पासवर्ड रिसेटका अनावश्यक इमेलहरू

  • बारम्बार असफल लगइनका कारण अकाउन्ट लक हुनु

  • शङ्कास्पद ट्रान्ज्याक्शन वा चार्जहरू

यदि यस्ता मध्ये कुनै पनि देखिनु भएमा तुरुन्त कदम चाल्नुहोस्।

यदि तपाईँको पासवर्ड लिक भएमा के गर्ने ?

  • तुरुन्त पासवर्ड परिवर्तन गर्नुहोस् – नयाँ र बलियो पासवर्ड छान्नुहोस् ।

  • 2FA (टू-फ्याक्टर अटेन्टिकेसन) अन गर्नुहोस् – यसले थप सुरक्षा प्रदान गर्छ ।

  • एकाउन्ट एक्टिभिटी समीक्षा गर्नुहोस् – लगइन इतिहास जाँच गर्नुहोस् ।

  • अन्य एकाउन्टहरू अपडेट गर्नुहोस् – यदि उही पासवर्ड र यस्तै ठाउँमा प्रयोग भएको छ भने ।

  • रिकभरी जानकारी अपडेट गर्नुहोस् – इमेल र फोन नम्बर सही र सक्रिय हुनुपर्छ ।

बलियो पासवर्ड कसरी बनाउने ?

  • कम्तीमा १२ क्यारेक्टर लामो र र्यान्डम हुनुपर्छ ।

  • कुनै शब्दकोशको शब्द, नाम वा जन्ममिति नहोस् ।

  • अक्षरहरू (ठूला–साना), नम्बर र सिम्बलहरूको मिश्रण होस् ।

  • हरेक एकाउन्टका लागि फरक पासवर्ड होस् ।

  • पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस् ।