कीवर्डहरू -

के तपाईंका बच्चाहरू युट्युब सर्ट्समा समय बिताइरहेका छन् ? अब यस्तो ट्रिकले लगाउनुहोस् लिमिट

के तपाईंका बच्चाहरू युट्युब सर्ट्समा समय बिताइरहेका छन् ? अब यस्तो ट्रिकले लगाउनुहोस् लिमिट

काठमाडौं । यदि तपाईं YouTube Shorts को लगातार आउने भिडियोलाई लिएर चिन्तित हुनुहुन्छ र यसलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने अब नयाँ सेटिङमार्फत यसको प्रयोगलाई निकै हदसम्म कम वा पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ

YouTube Shorts को लत किन समस्या बन्दैछ ?

आजभोलि लगभग हरेकको मोबाइलमा YouTube प्रयोग हुन्छ । तर लामो भिडियो हेर्नुभन्दा धेरै प्रयोगकर्ताहरू अब Shorts भिडियोमै बढी समय बिताइरहेका छन् । यसमा केवल वयस्क मात्र होइन, साना बच्चाहरू पनि अभिभावकको फोन प्रयोग गरेर लगातार Shorts हेर्ने गरेका छन्

यही कारणले गर्दा धेरै अभिभावकहरू आफ्ना बच्चाहरूको स्क्रिन टाइमलाई लिएर चिन्तित छन् Shorts हेर्दा-हेर्दै समय कसरी बित्छ भन्ने कुरा धेरैलाई थाहा नै हुँदैन

Shorts हेर्ने समय शून्य (0) पनि गर्न सकिन्छ

YouTube खोल्दा अन्य भिडियोसँगै Shorts पनि फिडमा देखिन्छन् । एकपटक Shorts मा क्लिक गरेपछि लगातार भिडियो चलिरहन्छ र समयको कुनै अनुमान नै हुँदैन यस समस्यालाई समाधान गर्न YouTube मा “Show fewer Shorts” जस्तो विकल्प उपलब्ध छ, तर यो केवल सीमित समय (जस्तै 30 दिन) का लागि मात्र काम गर्छ

पहिले YouTube ले कम्तिमा 15 मिनेटको टाइम लिमिट सेट गर्ने सुविधा दिएको थियो । तर अहिले नयाँ अपडेटमा यो लिमिटलाई अझै घटाएर शून्य (0) मिनेटसम्म सेट गर्न सकिने विकल्प पनि थपिएको बताइएको छ

यसको अर्थ, यदि तपाईंले Shorts को टाइम लिमिट 0 मा सेट गर्नुभयो भने Shorts भिडियोहरू लगभग निष्क्रिय जस्तै हुन सक्छन् वा देखिन कम हुन्छन्

टाइम लिमिट कसरी सेट गर्ने ?

यो सेटिङ परिवर्तन गर्न निम्न प्रक्रिया अपनाउनुहोस्:

  1. YouTube एप खोल्नुहोस्
  2. प्रोफाइल आइकनमा ट्याप गर्नुहोस्
  3. Settings (गियर आइकन) मा जानुहोस्
  4. Time Management Dashboard खोल्नुहोस्
  5. Daily Limit वा Shorts Feed Limit विकल्प खोज्नुहोस्
  6. टाइम लिमिटलाई 0 मिनेटमा सेट गर्नुहोस्

यसपछि एपलाई बन्द गरेर पुनः खोल्नुपर्छ

हाल यो सुविधा मुख्य रूपमा YouTube मोबाइल एपमा मात्र उपलब्ध छ । डेस्कटप र स्मार्ट टिभी संस्करणमा भने यो सुविधा अझै लागू गरिएको छैन

अभिभावकलाई थप नियन्त्रण

यो फिचरको माध्यमबाट अभिभावकहरूले आफ्ना किशोर (teen) अकाउन्टहरूमा Shorts को प्रयोग नियन्त्रण गर्न सक्नेछन् Google Family Link वा YouTube Family Center मार्फत व्यवस्थापन गरिएको अकाउन्टमा यो सेटिङ परिवर्तन गर्न नपाइने व्यवस्था पनि रहेको छ

यसले अभिभावकलाई थप नियन्त्रण दिनेछ र बच्चाहरूले आफैंले यो सेटिङ परिवर्तन गर्न नसक्ने व्यवस्था सुनिश्चित गर्छ