काठमाडौं । डिस्कोर्डले अब आफ्नो voice र video call लाई पूर्ण रूपमा सुरक्षित बनाएको छ । कम्पनीले वर्षौँदेखिको प्रयासपछि सबै सामान्य call मा एन्ड-टु-एन्ड इन्क्रिप्सन (End-to-End Encryption) लागू गरेको घोषणा गरेको हो ।
यो सुरक्षा सुविधा stage channels बाहेकका सबै call मा स्वत: लागू हुनेछ, जसका लागि प्रयोगकर्ताले अलग रूपमा enable गर्नुपर्ने आवश्यकता पर्ने छैन । यसले प्रयोगकर्ताका conversation अझ निजी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।
हालै डिस्कोर्डले सबै voice र video call मा एन्ड-टु-एन्ड इन्क्रिप्सन लागू गरेसँगै डिजिटल गोपनीयताप्रतिको दृष्टिकोण फेरिँदै गएको देखिएको छ ।
एकातिर केही प्लेटफर्महरूले यो सुरक्षा सुविधा कम गर्दै वा हटाउँदै गएका छन् । यसै वर्ष Meta ले Instagram DM बाट एन्ड-टु-एन्ड इन्क्रिप्सन हटाएको बताइएको छ भने TikTok ले पनि आफ्ना DM मा यो सुविधा उपलब्ध नगराउने जनाएको छ ।
तर अर्कोतर्फ, केही कम्पनीहरूले भने प्रयोगकर्ताको गोपनीयता बढाउने दिशामा काम गरिरहेका छन् । विशेष गरी Apple ले iOS र Android बीच हुने RCS messages मा encryption थप्दै प्रयोगकर्ताको सुरक्षा अझ मजबुत बनाउने प्रयास गरेको छ ।
आईसीटी समाचार