कीवर्डहरू -

विन्डोज, म्याक, एन्ड्रोइड र आइफोनबीच फाइल सेयर कसरी गर्ने ?

विन्डोज, म्याक, एन्ड्रोइड र आइफोनबीच फाइल सेयर कसरी गर्ने ?

काठमाडौं । विभिन्न डिभाइसबीच फोटो तथा कागजात पठाउँदा कहिले काहीँ समस्या हुने गर्छ, विशेष गरी विन्डोज, म्याकबुक, एन्ड्रोइड र आइफोनजस्ता फरक प्लेटफर्मबीच फाइल आदान प्रदान गर्दा । तर, PairDrop नामक नि:शुल्क वेब एपले एउटै नेटवर्कमा रहेका डिभाइसहरूबीच सजिलै फाइल सेयर गर्न मद्दत गर्छ ।

दुवै डिभाइसमा PairDrop वेबसाइट खोल्नेबित्तिकै एपले नजिकका डिभाइसहरू स्वत: पहिचान गर्छ र छिटो फाइल आदान-प्रदान गर्ने सुविधा उपलब्ध गराउँछ । हरेक डिभाइसलाई स्वत: एउटा नाम दिइन्छ, जसलाई आवश्यक परे परिवर्तन पनि गर्न सकिन्छ ।

फाइल पठाउन स्रोत (Source) डिभाइसबाट लक्ष्य (Target) डिभाइस चयन गरी आवश्यक फाइल छान्नुपर्छ । त्यसपछि अर्को डिभाइसमा “Accept” थिचेपछि फाइल ट्रान्सफर प्रक्रिया पूरा हुन्छ ।

इन्टरनेटमार्फत डेटा आदान-प्रदान गर्न माथिल्लो दायाँ कुनामा रहेको “Join Public Room Temporarily” (तीन व्यक्तिको आइकन) मा क्लिक गरी दुवै डिभाइसलाई दिइएको सुरक्षा कोड प्रयोग गरेर जोड्न सकिन्छ । त्यसपछि फाइलहरू सिधै पठाउन सकिन्छ । यदि धेरै फाइल छानिएको छ भने, ती स्वत: ZIP फाइलमा प्याक भएर ट्रान्सफर हुन्छन् ।

PairDrop मार्फत सन्देश पनि पठाउन सकिन्छ । यसका लागि रिसिभर आइकनलाई केही समय थिचेर सन्देश टाइप गर्नुपर्छ । यो सुविधा सिरियल नम्बर, ठेगाना तथा अन्य महत्वपूर्ण विवरण सुरक्षित रूपमा पठाउन उपयोगी हुन्छ । PairDrop ले डेटा आदान-प्रदानका लागि अस्थायी र स्थायी दुवै प्रकारका पेयरिङ (Pairing) विकल्प उपलब्ध गराउँछ ।