कीवर्डहरू -

टीभीएसको ‘अपग्रेड हान्नेलाई अचम्मैको डिल’ योजना, एक्सचेन्जदेखि फाइनान्ससम्म आकर्षक अफर

टीभीएसको ‘अपग्रेड हान्नेलाई अचम्मैको डिल’ योजना, एक्सचेन्जदेखि फाइनान्ससम्म आकर्षक अफर

काठमाडौं । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ नामक सातदिने विशेष अटोमोटिभ कार्निभल आयोजना गर्ने घोषणा गरेको छ । उक्त कार्यक्रम जेठ १३ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । 

नेपालभरका ग्राहकलाई नयाँ टीभीएस दुईपांग्रे सवारी सहज, सुलभ तथा लाभदायी रूपमा उपलब्ध गराउने उद्देश्यले यो विशेष कार्निभल आयोजना गरिएको कम्पनीले जनाएको छ ।

‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’लाई यस वर्षकै नेपालकै सबैभन्दा ठूलो टीभीएस दुईपांग्रे इभेन्टका रूपमा रहेको कम्पनीको दाबी छ । आगन्तुकहरूले टीभीएसका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर मोडलहरू अवलोकन गर्न, विशेष एक्सचेन्ज सुविधा लिन तथा आकर्षक फाइनान्स अफरको लाभ उठाउन सक्नेछन् ।

कार्यक्रममा नयाँ उत्पादन सार्वजनिक गरिनुका साथै लाइभ मनोरञ्जन, रोमाञ्चक कार्निभल वातावरण तथा विभिन्न गतिविधिको अनुभव समेत उपलब्ध हुनेछ ।

कार्निभलमा सहभागी ग्राहकले विभिन्न आकर्षक अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कुनै पनि ब्रान्डको पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्दा ‘अचम्मैको भ्यालुएसन’ सुविधा उपलब्ध हुनेछ । त्यसैगरी, ‘लास्टै कम ईएमआई’ योजना अन्तर्गत दैनिक एक हजार ३९० बाट किस्ता सुरु हुने व्यवस्था गरिएको छ ।

छनोट गरिएका टीभीएस मोडलहरूमा ‘बबाल क्यास डिस्काउन्ट’ उपलब्ध हुनेछ भने ‘फटाफट फाइनान्स’ सुविधाअन्तर्गत नागरिकता र लाइसेन्सका आधारमा छिटो कर्जा स्वीकृति गरिनेछ । नयाँ सवारी खरिदमा नि:शुल्क एक्सेसरिज तथा सबै मोडलमा लाइफटाइम वारेन्टी सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस वर्षको कार्निभलको मुख्य आकर्षण एक्सचेन्ज कार्यक्रम रहनेछ । ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो बाइक वा स्कुटर ल्याएर मूल्य अभिवृद्धिसहित नयाँ टीभीएस दुईपांग्रे सवारीसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।

व्यावसायिक अफरका अतिरिक्त कार्यक्रममा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिएका छन् । जिमखाना राइडिङ प्रतियोगिता, नयाँ टीभीएस मोडल अनुभव गर्न टेस्ट राइड जोन, विभिन्न रमाइला खेल गतिविधिसहितको गेम जोन तथा स्वादिष्ट परिकार उपलब्ध गराउने फुड स्टलहरू कार्निभलका थप आकर्षण हुनेछन् ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ‘टीभीएसमा अपग्रेड हान्नेलाई अचम्मैको डिल’ हरेक नेपाली परिवारका लागि प्रिमियम दुईपांग्रे सवारी स्वामित्वलाई सहज बनाउने प्रयास भएको बताए ।

उनले उत्कृष्ट एक्सचेन्ज सुविधा, सहज फाइनान्स योजना तथा रोमाञ्चक कार्निभल वातावरणसहित ग्राहकलाई भृकुटीमण्डपमा उपस्थित भई आफ्नो सपनाको टीभीएस घर लैजान आग्रह गरे । कार्यक्रममा सबै ग्राहक, परिवार तथा मोटरसाइकल पारखीहरूलाई सहभागी हुन खुला गरिएको छ ।