काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा.लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
आफ्ना ग्राहक महानुभावहरुको डिजिटल बैंकिङ्ग सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ्ग नरेन्द्र मैनाली र EFIX Nepal का तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य प्रतिशत ब्याजदर (0% EMI) मा Honor ब्राण्डका स्मार्टफोनहरू efix.com.np बाट क्रेडिट कार्ड मार्फत खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकहरूले कुनै थप ब्याज बिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोनहरू खरिद गर्न सक्नेछन् र मासिक किस्तावन्दीका लागि बैंकको पोर्टल instabuy.nicasiabank.com बाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिनेछ ।
साथै, विदेशमा रहेका नेपालीहरूले समेत EFIX Nepal को वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ‘Cybersource’ प्रणालीमार्फत भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्नेछन् ।
यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड प्रयोग गर्न सकिने व्यवस्था छ । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीको उच्चतम प्रयोगमार्फत समृद्ध बैंकिङ्ग अनुभव प्रदान गर्न क्रियाशील रहेको परिप्रेक्ष्यमा EFIX Nepal सँगको यस सहकार्यले बैंकका ग्राहक महानुभावहरूलाई व्ययभार कम गर्न मद्दत मिल्ने विश्वास लिएको छ ।
आईसीटी समाचार