काठमाडौं । अग्मेन्टेड वर्ल्ड एक्सपोमा क्वालकम टेक्नोलोजीजले स्न्यापड्र्यागन स्केलेबल टर्नकी एआई-रेडी टुलकिट अर्थात् स्टार्ट प्रोग्रामको घोषणा गरेको छ । यो नयाँ प्लेटफर्ममार्फत कम्पनीहरू र ब्रान्डहरूले आफ्ना पर्सनल एआई डिभाइस छिटो बजारमा ल्याउन सक्नेछन् । अहिले यसको सुरुवात स्मार्ट ग्लासबाट गरिएको छ, तर भविष्यमा अन्य वियरेबल डिभाइस पनि यस प्लेटफर्मको हिस्सा बन्न सक्नेछन् ।
वियरेबल डिभाइस तयार गर्न अझ सजिलो
स्न्यापड्र्यागनको यो स्टार्ट अन्तर्गत कम्पनीहरूलाई स्न्यापड्र्यागन प्लेटफर्मले सुसज्जित हार्डवेयर मोड्युल उपलब्ध गराइनेछ । यस कार्यक्रममा एड्भान्स्ड कम्प्युटिङ, कनेक्टिभिटी र एआई क्यापाबिलिटिजलाई कम्प्याक्ट डिजाइनमा उपलब्ध गराइनेछ, ताकि विभिन्न प्रकारका वियरेबल डिभाइस सजिलै तयार गर्न सकियोस् ।
यससँगै सिक्योरिटी-फोकस्ड र एआई-एग्नोस्टिक सफ्टवेयर स्ट्याक पनि उपलब्ध हुन सक्छ, जसले डिभाइसलाई स्मार्टफोन एप्स र क्लाउड सर्भिसेजसँग जोडेर हाइब्रिड एआई एक्सपिरियन्स दिनेछ ।
पर्सनल एआई डिभाइसको उपलब्धता अझ राम्रो हुने
कम्पनीका अनुसार, स्न्यापड्र्यागन स्टार्ट मार्फत ब्रान्डहरूले आफ्ना आवश्यकताअनुसार विभिन्न एआई मोडल्स प्रयोग गर्न सक्नेछन् । यसले कम्पनीहरूलाई नयाँ युजर एक्सपिरियन्स तयार गर्न र डिभाइसलाई कम समयमा बजारमा ल्याउन बढी ध्यान केन्द्रित गर्न मद्दत गर्नेछ । यसको उद्देश्य पर्सनल एआई डिभाइसको उपलब्धता अझ राम्रो बनाउनु हो ।
आईसीटी समाचार