कीवर्डहरू -

इनड्राइभ र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक

इनड्राइभ र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक

काठमाडौं । इनड्राइभ नेपाल र डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) बीच साझेदारी भएको छ । नेपालमा विश्वकप फुटबल सामाग्रीको आधिकारिक प्रसारणकर्ता डीजीओसँग मिलेर इनड्राइभले ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको हो ।

विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हेर्न चाहने नेपाली समर्थकहरूलाई लक्षित गर्दै यो योजना ल्याइएको हो । यो क्याम्पेन १६ जुनदेखि १८ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ ।

यस अन्तर्गत योग्य इनड्राइभ प्रयोगकर्ताहरूले डीजीओ फुटबल सिजन पासमा विशेष छुट प्राप्त गर्नुका साथै नि:शुल्क स्ट्रिमिङ भाउचर जित्ने अवसर पनि पाउनेछन्, जसमार्फत उनीहरूले आफ्नो मोबाइलबाट प्रत्यक्ष विश्वकप खेलहरू हेर्न सक्नेछन् ।

विश्वकप २०२६ का धेरै खेलहरू उत्तर अमेरिकी समयअनुसार सञ्चालन हुने भएकाले नेपालमा मध्यरात तथा बिहानको समयमा प्रसारण हुनेछ । यस कारण समर्थकहरूका लागि डिजिटल तथा मोबाइल स्ट्रिमिङ प्लेटफर्महरू लोकप्रिय विकल्प बन्ने अनुमान गरिएको छ ।

क्याम्पेन अन्तर्गत कुनै पनि प्रयोगकर्ताले एक साताभित्र इनड्राइभमार्फत कम्तीमा एक राइड पूरा गरेमा डीजीओ फुटबल सिजन पास खरिदमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यसैगरी, एक साताभित्र तीनवटा इनड्राइभ राइड पूरा गर्ने प्रयोगकर्ताहरू स्वत: र्याफल ड्रमा सहभागी भई नि:शुल्क डीजीओ फुटबल सिजन पास जित्न सक्नेछन् ।

क्याम्पेन अवधिभर पाँच सातासम्म प्रत्येक साता करिब ५०० वटाका दरले कुल २,५०० वटा डीजीओ फुटबल सिजन पास भाउचर वितरण गरिनेछ । इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रिता पोखरेलले डीजीओसँगको साझेदारीमार्फत प्रयोगकर्तालाई पुरस्कार प्रदान गर्नुका साथै मनपर्ने खेल र अविस्मरणीय क्षणसँग जोडिराख्ने अभियान ल्याएको बताएकी छन् ।

त्यस्तै, डीजीओका चिफ अपरेटिङ अफिसर रोशन निरौलाले नेपालमा विश्वकप फुटबल प्रसारणको आधिकारिक डिजिटल प्लेटफर्मका रूपमा आफूहरू गुणस्तरीय फुटबल मनोरञ्जन अझ धेरै दर्शकमाझ पुर्याउन प्रतिबद्ध रहेको र इनड्राइभसँगको सहकार्यले समर्थकहरूलाई पुरस्कृत गर्ने माध्यम बनेको उल्लेख गरेका छन् ।