काठमाडौं । विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले शैक्षिक सत्र २०८३ का लागि चार वर्षे स्नातक तहको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) कार्यक्रमको प्रवेश परीक्षा तथा नयाँ भर्नासम्बन्धी सूचना सार्वजनिक गरेको छ ।
संस्थानका अनुसार प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम असार ८ गते बिहान १० बजेदेखि खुला गरिएको छ । नियमित शुल्कमा आवेदन दिन इच्छुक विद्यार्थीले साउन १६ गतेसम्म फाराम भर्न सक्नेछन् ।
त्यसैगरी, दोब्बर शुल्क तिरेर आवेदन दिन चाहने विद्यार्थीका लागि साउन १७ देखि २० गतेसम्मको समयसीमा निर्धारण गरिएको छ । प्रकाशित तालिकाअनुसार बीएससी सीएसआईटी कार्यक्रमको प्रवेश परीक्षा साउन २४ गते शनिबार बिहान ८ बजे सञ्चालन हुनेछ । परीक्षाको केन्द्र भने पछि सार्वजनिक गरिने संस्थानले जनाएको छ ।
प्रवेश परीक्षा, भर्ना प्रक्रिया तथा अन्य विस्तृत जानकारीका लागि विद्यार्थीलाई आईओएसटीको आधिकारिक वेबसाइट मा जानकारी लिन आग्रह गरिएको छ ।
आईसीटी समाचार