कीवर्डहरू -

गुगलको अटो डिलिट सुविधा : अनावश्यक डेटा आफैं हट्ने, यसरी गर्नुहोस् सेटअप

गुगलको अटो डिलिट सुविधा : अनावश्यक डेटा आफैं हट्ने, यसरी गर्नुहोस् सेटअप

काठमाडौं । गुगलको Auto Delete सुविधामार्फत प्रयोगकर्ताले आफ्नो सर्च हिस्ट्री, लोकेसन हिस्ट्री तथा अन्य गतिविधिको डेटा निश्चित समयपछि स्वत: मेटिने गरी सेट गर्न सक्छन् । यसले प्रयोगकर्ताको अनलाइन गतिविधि ३ महिना, १८ महिना वा ३६ महिनापछि स्वचालित रूपमा हटाउने व्यवस्था मिलाउँछ, जसले डिजिटल गोपनीयता सुरक्षित राख्न मद्दत गर्छ ।

यसरी मेटाउनुहोस् सर्च हिस्ट्री
सबैभन्दा पहिले आफ्नो गुगल अकाउन्टमा साइन इन गरेर My Activity पेजमा जानुहोस् । त्यहाँ आफ्नो पुरानो सर्च हिस्ट्री हेर्न सकिन्छ । मेटाउन चाहेको गतिविधि चयन गरी Delete विकल्पमा ट्याप गरेपछि त्यसलाई तुरुन्तै हटाउन सकिन्छ ।

यसरी सक्रिय गर्नुहोस् Auto Delete
अटो डिलिट सुविधा प्रयोग गर्न गुगल अकाउन्टको Data & Privacy सेक्शनमा जानुहोस् । त्यसपछि Web & App Activity वा App Activity विकल्प खोल्नुहोस् र Auto Delete मा ट्याप गर्नुहोस् । यहाँ ३ महिना, १८ महिना वा ३६ महिनामध्ये आफूलाई उपयुक्त समयावधि चयन गरी Confirm बटन थिच्नुहोस् । त्यसपछि चयन गरिएको समयभन्दा पुरानो गतिविधि स्वत: मेटिन थाल्छ ।

यो सुविधाले प्रयोगकर्तालाई आफ्नो डिजिटल गतिविधि व्यवस्थापन गर्न, अनावश्यक डेटा हटाउन र व्यक्तिगत गोपनीयता थप सुरक्षित बनाउन सहयोग पुर्‍याउँछ ।