काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम (TVET) क्षेत्रमा कार्यरत तथा भविष्यमा प्रशिक्षक बन्न इच्छुक व्यक्तिका लागि प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान (TITI) ले डिजिटल लर्निङ प्लेटफर्म (Instructor Learning Module–ILM) सञ्चालनमा ल्याएको छ ।
शुक्रबार शुभारम्भ गरिएको उक्त प्लेटफर्ममार्फत प्रशिक्षक तथा प्रशिक्षक बन्न चाहनेहरूले अनलाइन माध्यमबाट अध्ययन सामग्री प्रयोग गरी आफ्नो ज्ञान र सीप अभिवृद्धि गर्न सक्नेछन् ।
TITI ले TVET क्षेत्रमा कार्यरत सबै प्रशिक्षक तथा इच्छुक व्यक्तिलाई डिजिटल प्लेटफर्ममा आबद्ध भई उपलब्ध शैक्षिक सामाग्री अध्ययन गर्न र दक्ष प्रशिक्षक बन्ने अवसरको उपयोग गर्न आग्रह गरेको छ ।
प्रतिष्ठानका अनुसार Instructor Learning Module (ILM) प्रशिक्षकको व्यावसायिक क्षमता विकास गर्ने उद्देश्यले तयार गरिएको हो । यसमार्फत प्रयोगकर्ताले समय र स्थानको सीमाबिना अनलाइनबाट प्रशिक्षण सामाग्री अध्ययन गर्न सक्नेछन् ।
TITI ले डिजिटल प्रविधिमार्फत प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तर सुधार गर्ने लक्ष्यसहित प्लेटफर्म सञ्चालनमा ल्याएको जनाएको छ । इच्छुक प्रशिक्षक तथा प्रशिक्षक बन्न चाहने व्यक्तिले https://elearning.titi.org.np/ मार्फत प्लेटफर्ममा आबद्ध हुन सक्नेछन् ।
आईसीटी समाचार